नुहाउने क्रममा त्रिशुलीमा दुई बालिकाको बेपत्ता, खोजी कार्य तीव्र

काठमाडौं :  त्रिशुली नदी किनारमा पौडी खेल्न गएका दुई बालबालिका बेपत्ता भएपछि खोजी कार्यको लागि सोही नदीमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

बेलकोटगढी–७ कचौडे भिर, नुवाकोटमा गत वैशाख ३० गते मङ्गलबार साँझ ११ वर्षीय जेनी डंगोल र ११ वर्षीय सदिक्षा राई त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

उनीहरूको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सह–निरीक्षक वीरबहादुर तामाङ्गको नेतृत्वमा विशेष तालिम प्राप्त सुरक्षा फौज पुगेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रकाशित : मङ्गलबार, बैशाख ३०, २०८२२२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :