कुलपूजा गरेर फर्केका श्रीमान-श्रीमती स्कार्पियो दुर्घटनामा मृत्यु

रुकुमपश्चिम : रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० तिमीलेमा आइतबार दिउँसो दुर्घटना हुँदा दुई व्यक्ति मृत्यु भएका छन् । दाङबाट कुलपूजा गरेर फर्किँदै गरेको लु २ च ०१७७ नम्बरको स्कार्पियो सडकबाट करिब ५०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार, सानीभेरी–१० घर भइ हाल तुल्सीपुर उपमहानगरपालिका–७ मा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली दुर्घटनास्थलमै घाइते भई मृत्युवरण गरे। उनकी ४४ वर्षीया श्रीमती लिला ओलीलाई घटनास्थलबाट चौरजहारी अस्पताल पु¥याउँदा डाक्टरहरूले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका अर्का दुई यात्रु, ६० वर्षीया रुद्री ओली र ४४ वर्षीया लिलामणी भण्डारीलाई हाल चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा, स्कार्पियोको ब्रेक फेल भएर गाडी अनियन्त्रित भएको बताइएको छ । प्रहरी घटनाबारे थप छानबिन गर्दैछ ।

प्रकाशित : सोमबार, बैशाख २९, २०८२२०:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिक्षक आन्दोलनमा आएर २ हप्ताबढी सम्पर्कविहिन भएकी शिक्षिका काठमाडौँमै सकुशल भेटियो