काठमाडौँ : वर्षा शिवाकोटी नेपाली फिल्म जगतकी एक अग्रणी अभिनेत्री तथा मोडल हुन्।
उनले आफ्नो अभिनय करिश्माले दर्शकको मन जितेकी छिन्।
वर्षा सिवाकोटीले सिनेमा, म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा सहभागिता जनाउँदै कला क्षेत्रलाइ रंगीन बनाएकी छिन्।
उनले पहिलो पटक ‘नाई नभन्नु ला २’ (२०१४) फिल्मबाट फिल्मी यात्रा सुरु गरेकी हुन्, जुन व्यावसायिक रूपमा सफल साबित भयो ।
त्यसपछि ‘छक्का पञ्जा २’ (२०१७) मा देखाएको बहुमुखी अभिनयका कारण चिनिन थालिन् ।
उनले ‘रुद्र’ (२०२०) जस्ता चलचित्रमा पनि दमदार प्रदर्शन प्रस्तुत गरिन्, जसले समालोचकबाट प्रशंसा बटुलेको थियो।
सामाजिक सन्जालमा सक्रिय उनले बिहिबार इन्स्टाग्राम निकै सुन्दर तस्बिरहरु शेयर गरेकी थिईन्। जुन तस्बिरमा उनी निकै देखिएकी छिन्।
ब्ल्याक फ्लोरल प्रिन्ट गाउनमा वर्षालाई एयररिङ्ग्स र ब्रासलेटले उनको सुन्दरलाई पूरक बनाएको छ। फूलहरुबीच फोटो खिच्दा उनलाई फूल जस्तै राम्री देखिएको छ।