एजेन्सी : कोरियोग्राफर धनश्री वर्मा पछिल्ला दिनहरूमा आफ्नो व्यक्तिगत जीवनको उतार–चढावले निकै चर्चामा रहिन्। क्रिकेटर युजवेन्द्र चहलसँग सम्बन्ध बिच्छेद भएपछि दुवैजना आ-आफ्नो व्यक्तिगत जीवनमा अघि बढिसकेका छन्। एकातिर युजवेन्द्र आरजे महविशसँगको सम्बन्धका अफवाहहरूका कारण चर्चामा देखिएका छन् भने अर्कातिर धनश्री आफ्नो करियरमा पूर्ण रूपमा केन्द्रित छिन्।
यसैबीच धनश्री सामाजिक सञ्जालमा सेयर केही तस्वीरहरू सेयर गर्दै इन्टरनेटमा आगो लगाएकी छिन्। उनी हाल राजकुमार रावसँगसहित आफ्नो आगामी प्रोजेक्टमा काम गरिरहेकी छन्। राजकुमार रावसँगको नयाँ गीत रिलिज भइसकेको छ र त्यो गीत चर्चामा पनि छ। सोही गीतका केही रिल्स र भिडियो धनश्रीले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।
राजकुमार रावको फिल्म “भूल चूक माफ” छिट्टै प्रदर्शनमा आउँदैछ। यस फिल्ममा धनश्रीले आइटम नम्बर प्रस्तुत गरेकी छिन् र सो आइटम नम्बरमा उनी राजकुमार रावसँगै देखिएकी छिन् ।
धनश्रीलाई रातो रङ्गको बोल्ड ड्रेसमा देख्न सकिन्छ। फोटोलाई हेर्दा उनी कहिले राजकुमार रावको काखमा बसेकी देखिन्छिन्, त कहिले उनीसँग रोमान्स गरिरहेकी छिन्। रेड थाइ हाई स्लिट स्कर्ट र ब्रालेटमा धनश्रीको ग्ल्यामरस लुक देख्न सकिन्छ।
धनश्रीको यो लुक देखेपछि नेटिजन्सले उनको आकर्षक फिगरको प्रशंसा गर्न रोकेका छैनन्। केही फ्यानहरूले लेखेका छन्, “आरजे महविशलाई बेवास्ता गर्दै युजवेन्द्र चहलले एक्स–वाइफका तस्वीरहरू हेर्नेछन्।” साथै एक प्रयोगकर्ताले लेखेका छन्, “युजीको जीवनको सबैभन्दा खराब निर्णय भनेको डिभोर्स हो।”