सूर्यको शक्तिशाली अर्धकेन्द्र योगले गर्नेछ कमाल : आत्मविश्वासले छुनेछ आकाश, घरमा वर्षिनेछ धन

वैदिक ज्योतिषशास्त्र अनुसार ग्रहहरूको राजा सूर्य मानिन्छ, जसले प्रत्येक महिनामा राशि परिवर्तन गर्छ। सूर्यलाई एक राशिमा फर्किन करिब १२ महिना लाग्छ। हाल सूर्य आफ्नो उच्च राशिमा गोचर गरिरहेको छ।

सूर्य आफ्नो उच्च राशि मेषमा रहँदै बैशाख २३ गते (६ मे) मा सूर्यले वरुण ग्रहसँग अर्धकेन्द्र योग बनाएको छ। यस बलशाली योगको प्रभाव सबै १२ राशिमा शुभ तथा अशुभ रूपमा पर्न सक्छ। यस राजयोगले केही राशीका जातकहरूलाई ठूलो लाभ दिलाउन सक्छ।

यस राजयोगको समयमा मानिसहरूले अपार सफलता प्राप्त गर्नेछन्। तपाईको जीवनमा खुशीको आगमन हुनेछ। सूर्य-वरुण अर्ध केन्द्र राजयोग कुन राशिका लागि शुभ र सकारात्मक हुन सक्छ, जानौं।

वृष राशि

वृषभ राशिका जातकहरूले सूर्य–वरुणको अर्धकेन्द्र राजयोगबाट पर्याप्त लाभ उठाउनेछन्। यस योगका कारण यी राशिका जातकहरूलाई सबै क्षेत्रहरूमा सफलता मिल्नेछ। विदेश सम्बन्धी कार्यहरूमा शुभ फल प्राप्त हुनेछन्। न्यायिक मुद्दाहरूमा अपार सफलता हासिल हुने सम्भावना छ। जीवनमा खुशीयालीको प्रवेश हुनेछ। धनलाभका मार्ग खुल्नेछन् र व्यापारमा ठूला सम्झौताहरू हात लाग्नेछन्।

कर्कट राशि

कर्कट राशिका जातकहरूले प्रत्येक क्षेत्रबाट अत्युत्तम परिणाम हासिल गर्न सक्नेछन्। शासनसँग सम्बन्धित व्यक्तिहरूले जातकहरूलाई फाइदा पुर्‍याउन सक्छन्। दीर्घकालीन समस्याबाट मुक्ति मिल्नेछ र मान–सम्मानमा वृद्धि हुनेछ। कार्यस्थलमा कामको प्रशंसा हुनेछ भने पदोन्नति र तलब वृद्धिका अवसर खुल्नेछन्। साथै, पिताबाट पूर्ण सहयोग प्राप्त हुनेछ।

प्रकाशित : आइतबार, बैशाख २१, २०८२१५:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मङ्गलको राशिमा महाबलवान राजयोग, धनमा डुब्नेछ ५ राशि, आलिशान हुनेछ जीवनशैली