काठमाडौँ : -बुध ग्रह बैशाख २४ गते(७ मे) मा मेष राशिमा प्रवेश गरेको छ, जहाँ सूर्य पहिल्यै विराजमान छन् ; जसका कारण मेष राशिमा सूर्य र बुधको युतिले शक्तिशाली राजयोग निर्माण गर्दैछन्।
बुध ग्रहलाई बुद्धि, वाणी, जागिर र व्यवसायको कारक मानिन्छ। बुध ग्रहको गोचरबाट भद्र महापुरुष र बुधादित्य राज योग बन्ने बित्तिकै यसको शुभ र अशुभ प्रभाव सबै राशिमा पर्नेछ।
यस राजयोगका प्रभावले जातकहरू शारीरिक र मानसिक रूपमा पराक्रमी बन्नेछन् र ठूलो निर्णय लिन सक्षम हुनेछन्। यसमध्ये पाँचवटा राशि यस्ता छन् जसमा यो राजयोग अत्यन्त शुभ प्रभाव पर्नेछ। आउनुहोस् ती पाँच भाग्यमानी राशिहरू कुन – कुन हुन् जानौँ।
वृषभ राशि
वृष राशिका जातकहरूका लागि भद्र महापुरुष राजयोग अति शुभ रहनेछ। यस योगबाट अचानक धनलाभ हुने सम्भावना छ र अड्किएको पैसा प्राप्त हुनेछ। समाज र परिवारमा जातकहरूको मान–प्रतिष्ठा बढ्नेछ। वाणी र व्यवहारमा सौम्यता आएर बोल्ने तरिका प्रभावकारी हुनेछ। मिडिया, बैंकिङ् र मार्केटिङ् क्षेत्रसँग सम्बन्धित काम गर्नेहरू ठूलो सफलता हात पार्नेछन्। जीवनसाथीबाट पूर्ण सहयोग प्राप्त हुनेछ।
मिथुन राशि
मिथुन राशिका जातकहरूका लागि भद्र महापुरुष राजयोग सकारात्मक परिवर्तनहरूको संकेत हो । यसले सपनाहरू पुरा गर्ने अवसर प्रदान गर्नेछ । व्यक्तित्वमा सुधार आउनेछ र वैवाहिक जीवन सुखद रहला । पुराना समस्याहरू समाधान हुनेछन् र जीवनशैलीमा भौतिक सुख–सुविधा बढ्नेछ । धनलाभका मार्ग खुल्नेछन् । स्वास्थ्य पनि सुधार हुनेछ । प्रेम जीवनमा अगाडि बढ्ने निर्णयले शुभ परिणाम दिनेछ ।
सिंह राशि
सिंह राशिका जातकहरूका लागि भद्र महापुरुष राजयोगले राजासरी जीवन दिन सक्छ। करियरमा उन्नतिको मार्ग खुल्नेछ। अध्यात्मप्रति झुकाव बढ्नेछ र धार्मिक यात्राहरू सफल हुनेछन्। जागिरपेसा गर्ने जातकहरूले उच्च पद हासिल गर्ने सम्भावना छ। व्यवसायमा राम्रो सम्झौताहरू हात लाग्नेछन्। आर्थिक अवस्था पहिलेभन्दा सुदृढ हुनेछ र धनलाभसँगै राम्रो बचत गर्न सकिनेछ।
कन्या राशि
कन्या राशिका जातकले भद्र महापुरुष राजयोगबाट ठुलो लाभ पाउनेछन्। कुलीन र महान व्यक्तिहरूले राजयोगबाट ठूलो लाभ प्राप्त गर्न सक्नेछन्। व्यक्तिले करियर र व्यवसायमा ठूलो सफलता प्राप्त गर्न सक्षम हुनेछन्। तपाईले ठूलो नाफा पाउनुहुनेछ। व्यक्तिगत र व्यावसायिक जीवन राम्रो रहनेछ। रोजगारीको खोजी पूरा हुनेछ र पहिले नै रोजगारीमा रहेका व्यक्तिहरूले पदोन्नति पाउन सक्नेछन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले राम्रो नतिजा प्राप्त गर्न सक्छन्। आर्थिक अवस्था पहिलेभन्दा राम्रो हुनेछ।
मकर राशि
मकर राशिका जातकहरू भद्र महापुरुष राजयोगको प्रभावमा सुखद जीवन व्यतीत गर्नेछन्। भाग्यले पूर्ण साथ दिनेछ र तलब वृद्धिसँगै व्यवसायमा ठूला नाफा हात लाग्नेछ। समाजमा जातकहरूको प्रतिष्ठा उच्च हुनेछ र पर्याप्त धन कमाउने अवसर प्राप्त हुनेछ। आफ्नै घर वा अन्य अचल सम्पत्ति किन्न पनि सक्षम हुनेछन्। जीवनसाथीसँग सुमधुर तालमेल कायम रहनेछ र माता–पिताबाट पूर्ण सहयोग मिल्नेछ।