मन्त्री गुरुङ्ग – “फेसबुकले नेपालको जिडिपीभन्दा बढी आम्दानी हुने भन्दै घमण्ड देखायो”

काठमाडौँ, वैशाख १२ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई आगामी सात दिनभित्र नेपालमा दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ।

शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागीय अन्तरक्रिया कार्यक्रममा मन्तव्य दिँदै मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक आग्रह गरिए पनि त्यसको बेवास्ता गरिएको बताउनुभयो। उनका अनुसार तेस्रो पटक जारी गरिएको सूचनाको म्याद हालै सकिएको छ, र अब सात दिनभित्र मेटाले दर्ता प्रक्रिया पूरा नगरेमा नेपालमा सेवा सञ्चालनमा प्रतिबन्ध लगाइनेछ।

“मेटा भन्नासाथ फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्टाग्रामजस्ता सामाजिक सञ्जाल सम्झिन्छौं,” मन्त्री गुरुङले भन्नुभयो, “यी प्लेटफर्महरू नेपालमा अत्यधिक प्रयोग भइरहेका छन्। हरेक घण्टामा नेपाली समाजबाट हजारौं रुपैयाँ मेटाको कार्यालयमा जाँदैछ। यस्तो अवस्थामा दर्ता र कर नतिरी सेवा सञ्चालन गर्न दिन सकिँदैन।”

उनले मेटाले नेपालमा दर्ता भई कानुनअनुसार कर तिर्नुपर्ने स्पष्ट पारे। साथै, मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा बढी आम्दानी हुने भन्दै घमण्ड देखाएको आरोप पनि लगाए। उनले जोड दिँदै भने, “देशको स्वाधीनता पैसामा जोड्न सकिन्न।”

मन्त्री गुरुङका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर र वी–टक मात्रै आधिकारिक रूपमा दर्ता भएका छन्।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०८२१५:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहीबार बढेको सुनको मूल्य आज घट्यो, कतिमा कारोबार हुँदैछ ?