बिहीबार बढेको सुनको मूल्य आज घट्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ : आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ। बिहीबार प्रतितोला २ सय रुपैयाँ वृद्धिपछि आज एक हजार रुपैयाँले घटेर सुनको भाऊ प्रतितोला रु. १,८९,६०० मा कारोबार भइरहेको छ। हिजो यो मूल्य रु. १,९०,६०० थियो।

यसअघि मंगलबार सुनको भाऊ अहिलेसम्मकै उच्च स्तरमा पुगेको थियो। मङ्गलबार प्रतितोला रु. १,९७,९०० मा पुगेकोमा बुधबार भने रु. ७,५०० ले घटेर कारोबार भयो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज रु. १० ले घटेर प्रतितोला रु. २,००० मा बन्द भएको छ।

प्रकाशित : शुक्रबार, बैशाख १२, २०८२१६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :