सामान्यतया, हामी रातिको समयमा सुत्ने गर्छौं । तर निद्रा थकान मेट्न वा आरामको लागिआवश्यक हुन्छ । तर यसको समय भने बढो ध्यान राख्नु पर्ने हुन्छ । यदि आराम गर्ने निउमा गलत समयमा सुत्दा स्वास्थ्यका लागि घतक साबित हुन सक्दछ ।त्यसबाहेक धार्मिकरुपले हेर्दा पनि गलत समयमा सुत्नु असुभ मानिन्छ । धर्म शास्त्रहरुमा उल्लेख भए अनुसार यी ३ समयमा सुत्नै नहुने बताइएको पाईन्छ ।
सुत्नै नहुने ३ समय , के हुन्छ यो समयमा सुत्दा
सूर्योदयको समय
सूर्योदयपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिहरुसँग जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । यस्ता ब्यक्तिलाई सँधैव मानसिक तनाव हुन्छ । र स्वास्थ्य पनि राम्रो हुँदैन ।
सूर्योदयअघि उठ्नु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ । विहान सबेरैको समयलाई ब्रम्ह मुहुर्त भनिन्छ यसको विशेष महत्व रहेको धर्मशास्त्रमा उल्लेख छ । विहान उठेर ब्यायाम गर्ने र मर्निङ वाक जाने चलन पनि त्यसैले चलेको हो ।
मध्यान्नको समय
शास्त्रका अनुसार मध्यान्नमा पनि सुत्नु हुदैन । यतिबेला सुत्नु पनि नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने बताइन्छ । खासगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी लाग्ने समस्या देखिन्छ ।
मध्यान्नको सुताइले पाचन प्रणालीमा पनि समस्या आउँछ । अपच र कब्जियत पनि हुने जानकारहरु बताउँछन् । अतः मध्यान्नको समयमा सुत्नु भन्दा काम गर्नु राम्रो मानिन्छ ।
सूर्यास्तको समय
सूर्यास्त अर्थात सन्ध्याकालीन समयको सुताइ पनि खराब मानिन्छ । खासगरी सूर्यास्तको समयमा पुजा अर्चना गर्ने समय भएका कारण पनि यतिबेला सुत्नु हुँदैन भन्ने धार्मिक विश्वास छ । शास्त्रका अनुसार विनाकारण साँझको समयमा सुत्ने ब्यक्तिले सहजै सफलता पाउन सक्दैनन् ।
धार्मिक मान्यता अनुसार सूर्यास्तको समयमा सबै देवी देवता पृथ्वीको भ्रमण गर्ने भएकाले पनि यस समयमा आलस्य देखाउनु हुँदैन । यद्यपी गर्भवती वा विरामीहरु भने सुतेपनि कुनै दोष लाग्दैन ।