हिजो रातिबाट सुरु भयो पञ्चक, भुलेर पनि गर्न हुँदैन यस्ता कार्य

ज्योतिष र पञ्चकमा शुभ र अशुभ समयको बारेमा उल्लेख गरिएको छ। शुभ समय वा मुहुर्तमा राम्रो कर्म गरेमा राम्रो फल प्राप्त हुन्छ। अर्कोतर्फ अशुभ समयमा गरेको राम्रो कर्मले अशुभ फल प्रदान गर्छ। हरेक महिनामा ५ दिन यस्ता हुन्छन्, जसमा शुभ कार्य गर्न निषेध गरिएको छ। यस समयलाई पञ्चक काल भनिन्छ। केही विशेष ग्रह र नक्षत्रहरूको स्थिति बनाउँदा पञ्चक हुन्छ। अगस्ट महिनामा हुने पञ्चक सुरु भएको छ।

पञ्चाङका अनुसार भदौ महिनाको पञ्चक भोलि अगस्ट २ तारिख बुधबार राति ११ बजेर २६ मिनेटमा शुरु भएको छ। पञ्चक सोमबार अगस्त ७ मा १:४३ बजे सम्म चल्नेछ। पञ्चकको ५ दिनमा कुनै काम गर्न कडा निषेध गरिएको छ। यस अवधिमा गरिएका यी कामहरूले ठूलो हानि पु¥याउँछन् । जीवनमा संकट पनि ल्याउन सक्छ।

पञ्चकको अवधिमा नगर्नुहोस् यी काम : – 

पञ्चकको समयमा गल्तीवश पनि काठ खरिद गर्नुहुँदैन्। काठ मात्र होइन, कुनै पनि इन्धन खरिद नगर्नुहोस्। यसो गर्नु निकै अशुभ मानिन्छ।

पञ्चक कालमा शव जलाउनु पनि शुभ मानिँदैन। पञ्चकमा एक व्यक्तिको मृत्यु हुँदा एक व्यक्तिले थप ४ जनालाई साथमा लैजाने जनविश्वास भएको कारण पञ्चकमा मृत्यु भएमा शवसँगै ४ वटा नरिवल राखिन्छ। ताकि परिवारका बाँकी सदस्यको स्वास्थ्य र जीवनमा कुनै सङ्कट नआओस्।

पञ्चक कालमा खाट, पलङ्ग र चारपाई बनाउनु शुभ मानिँदैन।

पञ्चक कालमा घरमा छानो हाल्नु पनि अशुभ मानिन्छ। यसो गरे अशुभ फल दिन्छ।

पञ्चक कालमा दक्षिण दिशाको यात्रा गर्नु पनि शुभ मानिँदैन। यदि यात्रा गर्न अत्यावश्यक छ भने केही उपाय गर्नुपर्नेछ।

प्रकाशित : बिहिबार, साउन १८, २०८०११:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी चिन्न सकिन्छ धोकेबाझ पुरुषलाई ,अपनाउनुस् यी उपायहरु