काठमाडौँ : – असार ४ गते (१९ जुन) सोमबार बुध वृष राशिमा अस्ताउँदैछ। बुध ग्रहलाई ग्रहहरूको राजकुमार भनिन्छ। यो ग्रहलाई सम्पूर्ण सौर्यमण्डलमा सबैभन्दा सानो मानिन्छ र साथसाथै यसलाई सूर्यको सबैभन्दा नजिकको ग्रह पनि मानिन्छ। ज्योतिष शास्त्रमा बुध ग्रह धेरै महत्त्वपूर्ण छ किनभने यसलाई बुद्धि, सञ्चार, वाणी र तर्क शक्तिको कारक मानिन्छ। यो मिथुन र कन्या राशिका स्वामी हो।
शनि र शुक्र बुधका मित्र हुन् भने मंगलसँग शत्रुता छ। बुध ग्रहलाई एक राशिबाट अर्को राशिमा प्रवेश गर्न कम्तिमा १५ देखि २८ दिन लाग्छ। बुधले जेठ २४ गते ( ७ जुन ) बुधवार वृष राशिमा प्रवेश गरेको छ। त्यसपछि असार ४ गते ७ बजेर ३१ मिनेटमा वृष राशिमै अस्ताएको छ। बुध वृष राशिमा अस्ताउँदा कुन – कुन राशिलाई नोक्सान हुन् सक्छ त।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका व्यक्तिहरूले करियरको क्षेत्रमा समस्याको सामना गर्नु पर्नेछ। कार्यस्थलमा धेरै मिहिनेत गर्नु पर्ने हुनाले कामको बोझ बढ्नेछ। व्यापारमा तपाईले नयाँ योजना वा रणनीति बनाउनुपर्नेछ, अन्यथा तपाईका प्रतिद्वन्द्वीहरूले तपाईलाई हावी गर्न सक्छन्। आर्थिक अवस्था बिग्रन सक्छ । खर्च बढ्न सक्छ। स्वास्थ्य बिग्रन सक्छ। साथै, बचत गर्न समस्या हुन सक्छ। साथै, बचत गर्न समस्या हुन सक्छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
बुध अस्त सिंह राशिका व्यक्तिहरूको लागि आर्थिक दृष्टिकोणबाट महत्त्वपूर्ण हुन सक्छ। सिंह राशिका मानिसहरुको मनोकामना पुरा हुनेछैन। तपाईले आफ्नो करियरमा दबाबको सामना गर्नुपर्ने हुन सक्छ। कार्यस्थलमा अधिकारीहरूले तपाईको मान – सम्मानमा चोट पुर्याउन सक्छन्। व्यापार व्यावसायमा घाटा बेहोर्नु पर्नेछ। व्यापारको सिलसिलामा यात्रा गर्नु पर्ने हुन सक्छ, जसले गर्दा धन हानि हुन सक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
यस समयमा कुनै पनि निर्णय हतारमा लिनु धेरै हानिकारक हुन सक्छ। कार्यस्थलमा पनि वरिष्ठको साथ नमिल्ने सम्भावना छ। काममा मिहिनेत होला तर प्रतिफल पाउन समय लाग्न सक्छ । व्यापार व्यवसायमा प्रतिस्पर्धाको सामना गर्नु पर्नेछ । बुधको अस्तले आर्थिक जीवनलाई पनि असर गर्न सक्छ। बचत गर्दा कठिनाईको सामना गर्नुपर्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
करियरमा औसत नतिजा हात लाग्नेछ। यस्तो अवस्थामा सफलता पाउनको लागि आफ्नो काम व्यवस्थित ढंगले गर्नु पर्ने हुन सक्छ। व्यवसायीहरूलाई यो अवधि थप चुनौतीपूर्ण लाग्न सक्छ, त्यसैले धैर्यता कायम राख्न सल्लाह दिइन्छ। धैर्यपूर्वक काम गर्नुहोस्। साझेदारीबाट घाटा हुन सक्छ। स्वास्थ्य खराब हुन सक्छ, जसका कारण अधिक खर्च हुन सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मीन राशिका मानिसहरुका मन बेचैन रहनेछन्। पारिवारिक चिन्ताले सताउनेछ। पैसाको मामिलामा धेरै सावधानी अपनाउनु पर्नेछ। कुनै पनि ठूला लगानीमा पैसा लगाउनुअघि शुभचिन्तकहरूको राय लिनुहोस्। रिस वा झगडा नगर्नुहोस्। स्वास्थ्यमा पनि धेरै ध्यान दिनु पर्ने देखिन्छ । आम्दानी सामान्य रहनेछ तर खर्च बढ्नेछ।