काठमाडौँ : – असार ६ गते (२१ जुन) बुधबार दिउँसो १ बजेर ३४ मिनेटमा बृहस्पति भरणी नक्षत्रको दोस्रो चरणमा प्रवेश गरेको छ। भरणी नक्षत्र मेष राशिको नक्षत्र हो। बृहस्पति अहिले मेष राशिमा गोचर गर्दैछ। बृहस्पतिको यस गोचरले ४ राशिलाई अशुभ प्रभाव पार्ने देखिन्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
भरणी नक्षत्रमा बृहस्पतिको गोचरका कारण जीवनमा धेरै बाधा व्यवधानको सामना गर्नु पर्नेछ। हरेक काममा अवरोध आउन सक्छ तर हिम्मतका साथ काम गर्नुपर्छ । व्यापार व्यवसायका लागि समय अनुकूल छ तर जागिर र करियरमा उतारचढाव आउन सक्छ। निर्णयहरू सावधानीपूर्वक लिनुपर्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
भरणी नक्षत्रमा बृहस्पतिको गोचर हुँदा काममा समस्या आउन सक्छ। व्यापारमा उतारचढाव आउन सक्छ । लगानीमा सजग रहनुहोला । लामो यात्रा गर्न सकिनेछ। अड्डा – अदालती मुद्दाहरू समाधान गर्न हुन् सक्छन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
भरणी नक्षत्रमा बृहस्पतिको गोचरले तपाईको शक्तिलाई कमजोर बनाउँदैछ। काममा चुनौतीको सामना गर्नुपर्नेछ। काममा दबाब महसुस हुनेछ। व्यापारमा घाटा हुन सक्छ । लगानी वा सम्झौता गर्दा सावधान रहनुहोस्। अहिलेको अवस्थामा रहिरहनु राम्रो हो ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
भरणी नक्षत्रमा गुरुको गोचरले तपाईको कार्यस्थलमा परिवर्तन ल्याउन सक्छ। कामले तनाव दिनेछ यद्यपि चिन्ता नलिनुहोस्, यसले पछि लाभ दिनेछ। नोकरी परिवर्तनको लागि समय अनुकूल छ। कामको शिलशिलामा लामो यात्राको योग छ। नयाँ व्यापार – व्यवसाय सुरु गर्नको लागि समय राम्रो छ तर काम सुरु गर्नुअघि ज्योतिषाचार्यको सल्लाह – सुझाव अवश्यै लिनुहोस्। यद्यपि आर्थिक पक्ष उत्कृष्ट रहने सम्भावना छ।