२०८० सालको वार्षिक राशिफल
• ज्योतिषाचार्य हरिप्रसाद पौडेल
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
यो वर्षको प्रारम्भमा राशिमा प्रवेश गरेको बृहस्पतिका कारण यात्रा एवं स्थान परिवर्तन गराउनेछ। अध्ययन अध्यापनमा आइपरेका बाधाअड्चन क्रमशः हटेर जानेछन्। घरायसी व्यावहारिक झमेलाहरू पनि क्रमशः सहज बन्दै जानेछन्। आर्थिक क्षेत्रका काममा राम्रै सफलता मिल्नेछ। नयाँ काम मिल्ने या नोकरीमा पदोन्नति भएर जाने सम्भावना रहेको छ। घर-परिवार तथा सन्तानको सुख राम्रो मिल्नेछ। रोकिएका काम वर्षको उत्तरार्धमा क्रमशः बन्दै जाने छन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ भने गरेको कामबाट मानसम्मानसमेत मिल्ने देखिन्छ। व्यापारिक वर्गका लागि वर्ष फलदायी रहेको छ। शारीरिक आरोग्यता अनुकूल रहनेछ। बिहीबारको दिनमा भगवान् शिवलाई दूध, जल र बेलपत्र चढाउँदा बृहस्पतिको दोष निवारण भई शुभफल प्राप्त होला।
शुभ महिनाहरू : असार , असोज, माघ र फागुन।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यस वर्ष तपाईका ग्रहगोचर अनुकूल रहेका छन्। एकादशं बृहस्पतिका कारण पठनपाठनमा सफलता मिल्नेछ। बौद्धिक क्रियाकलापमा समेत अभिरुचि बढेर जानेछ। मनले आँटेका काममा सफलता मिल्दै जानेछ। काममा आएका विघ्नबाधासमेत क्रमशः हटेर जानेछन्। पारिवारिक सुखसन्तोष अनुकूल रहनेछ। उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य सफलता मिल्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ भने विवादमा विजयी गराउने छ। आर्थिक पक्षका कामबाट राम्रै सफलता प्राप्त होला। नयाँ लगानी एवं नवीन कारोबार गर्न समेत वर्ष अनुकूल रहेको छ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत बढेर जाला। युवाका लागि मनोरञ्जनका अवसर समेत मिल्नेछन्।
शुभ महिनाहरू : भदौ , मङ्सिर , चैत र वैशाख ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
नयाँ वर्ष तपाईंका लागि अनुकूल रहनेछ । दशौँ बृहस्पतिका कारण अध्ययन अध्यापनमा सामान्य बाधाअड्चन आइपर्नेछन्। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत अनुकूल रहनेछ। सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि लाग्नेछ। नोकरीमा मान प्रतिष्ठा समेत प्राप्त गराउला । व्यापारी वर्गका लागि आम्दानीका नयाँ बाटा देखा पर्नेछन् भने कृषक वर्गका लागि समेत वर्ष फलदायी छ। पारिवारिक सुखसम्बन्ध अनुकूल रहने छ। युवाका लागि मनोरञ्जनका अवसर मिल्नेछन् । रमाइलो भ्रमण एवंं वै दे शिक यात्राको समे त सम्भावना छ ।
शुभ महिनाहरू : असोज, पुस, वैशाख र जेठ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
वर्षको प्रारम्भबाट नै बृहस्पतिको अनुकूलताले गर्दा शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जाने छ। धार्मिक कार्यका साथै माङ्गलिक कार्यहरूको आयोजना हुनेछ। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्नेछ। पारिवरिक सुखसन्तोष अनुकूल रहने छ । धार्मिक उद्देश्यको यात्रामा सहभागी हुनुपर्नेछ। आर्थिक पक्षका काममा राम्रो सफलता मिल्नेछ। नोकरीमा पदोन्नति एवं मान प्रतिष्ठासमेत प्राप्त होला । घरायसी पैतृक सम्पत्तिमा सामान्य वादविवाद आइपर्ने देखिन्छ । कृषि एवं पशुपालनमा हानिनोक्सानी बेहोर्नुपर्नेछ। वर्षको पूर्वार्धमा स्थान परिवर्तन एवं यात्राको योग छ।
शुभ महिनाहरू : कात्तिक, माघ, जेठ र असार।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
वर्षको प्रारम्भबाट नै बृहस्पतिको अनुकूलताले गर्दा मानसिक प्रसन्नता बढेर जानेछ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्नेछ। सन्तान एवं परिवारमा हर्ष आनन्दको वातावरण बन्नेछ। यात्रा एवं भ्रमणका अवसर मिल्नेछन्। घरायसी खर्चको मात्रा भने केही बढेर जाने देखिन्छ। घर परिवार , इष्टमित्र एवं कुटुम्बको सुखसम्बन्धका साथै शारीरिक आरोग्यतासमेत अनुकूल रहनेछ। वर्षको उत्तरार्धमा देशविदेशको यात्रा मनोरञ्जन एवं सुख आनन्दका अवसर मिल्नेछन्। अध्ययन अध्यापनका साथै नोकरीमा समेत महìवपूर्ण सफलता प्राप्त हुनेछ। धार्मिक एवं सामाजिक कार्यमा समेत सहभागिताको योग छ।
शुभ महिनाहरू : पुस, चैत, साउन र भदौ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
साढे सात शनिदशा ओरालो लागेर गएकाले काममा आइपरेका बाधाअड्चन क्रमशः हट्दै जानेछन्। तपाईका लागि यो वर्षको पूर्वार्धमा आर्थिक समुन्नति तथा पारिवारिक सुखसन्तोष मिल्ने, चल-अचल सम्पत्तिको वृद्धि गराउने योग छ। यात्रा एवं भ्रमणको सम्भावना बलियो छ। सामाजिक मानप्रतिष्ठा एवं धार्मिक कार्यक्रममा सहभागी गराउनुका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्। वर्षको उत्तरार्धमा भने स्वास्थ्यमा आकस्मिक उतारचढावको स्थिति उत्पन्न हुने तथा मानसिक अस्थिरता बढेर जानेछ। पारिवारिक एवं सन्तानको चिन्ता केही बढ्ने देखिन्छ। अध्ययन अध्यापनमा पनि सोचेअनुसारको सफलता पाउन मुश्किल नै देखिन्छ।
शुभ महिनाहरू : चैत, असार , कात्तिक र मङ्सिर ।