काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन-कुन राशिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
कर्कट राशि (ही हु हे हो डा डि डु डे डो)
मनमा कौतूहल र चिन्ता रहे तापनि उन्नति, प्रगतिको निकै राम्रो योग बन्नेछ। घरपरिवारको सहयोग प्राप्त होला। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ।
सूर्य ग्रहको प्रभावले व्यापार, व्यवसायमा केही उतारचढाव हुन सक्ने देखिन्छ। साङ्गीतिक क्षेत्रमा निकै राम्रो प्रदर्शन हुने देखिएको छ। सवारी साधनमा केही सामान्य समस्याहरू आउन सक्नेछन्। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। कृषकहरूका लागि राम्रो योग देखिएको छ। छात्रछात्राहरूका लागि पनि साता निकै राम्रो छ। आर्थिक पक्षमा निकै प्रगति हुने देखिएको छ।
कन्या राशि (टो पा पी पू ष ण ठ पे पो)
आर्थिक समृद्धिको वातावरण मध्यम रहला। स्वास्थ्यमा केही समस्याहरू रहन सक्नेछन्। कृषि क्षेत्र राम्रो देखिएको छ। पारिवारिक उन्नति, प्रगतिमा ग्रहले निकै राम्रो साथ दिने देखिन्छ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। सन्तान सुख, शान्ति, समृद्धि मिल्नेछ। नयाँ कार्यको थालनी होला। नयाँ सवारी साधनको योग बन्ला। बसेको ठाउँ परिवर्तन हुन सक्नेछ।
धनु राशि (ये यो भा भी भू ध फा ढा भे)
विद्या, बुद्धि बढ्नेछ। जागिरेहरूका लागि स्थानान्तरणका योगहरु बन्न सक्नेछन्। पारिवारिक उन्नति, प्रगति हुन सक्नेछ। सवारी साधनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। दाम्पत्य जीवनमा भने सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। हजुरले गर्न खोज्नुभएको नयाँ काममा बाधाहरू आउन सक्नेछन्। अचानक यात्राको योग बन्नेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ।