काठमाडौँ : – हिन्दू धर्ममा पञ्चकलाई अशुभ मानिन्छ, त्यसैले पञ्चकको पाँच दिनमा कुनै शुभ कार्य गरिदैन्। यहाँसम्म कि पञ्चक कालमा मृत्युलाई पनि शुभ मानिँदैन। पञ्चकमा भएको मृत्युले परिवार-कुटुम्ब मा सङ्कट ल्याउने मान्यता छ। पञ्चक हरेक महिना लाग्छ र ती अलग-अलग प्रकारका हुन्छन्। बैशाख २ गते शनिबारबाट पञ्चक सुरु भईसकेको छ, जुन बैशाख ६ गते बुधबारसम्म रहनेछ।
पञ्चक शनिबारबाट सुरु भईसकेको छ र यो मृत्यु पञ्चक हो। शनिबारबाट सुरु भएको पञ्चकलाई ‘मृत्यु पञ्चक’ भनिन्छ। ‘मृत्यु पञ्चक’ लाई सबैभन्दा अशुभ मानिन्छ। शनिबार साँझ ७ बजेबाट सुरु भएको मृत्यु पञ्चक बुधबार राति १२:०८ मिनेटमा समाप्त हुनेछ। यस समयावधिमा धेर सावधानी अपनाउनुपर्ने देखिन्छ।
पञ्चकको अवधिमा नगर्नुहोस् यी काम : –
• पञ्चकको समयमा गल्तीवश पनि काठ खरिद गर्नुहुँदैन्। काठ मात्र होइन, कुनै पनि इन्धन खरिद नगर्नुहोस्। यसो गर्नु निकै अशुभ मानिन्छ।
• पञ्चक कालमा शव जलाउनु पनि शुभ मानिँदैन। पञ्चकमा एक व्यक्तिको मृत्यु हुँदा एक व्यक्तिले थप ४ जनालाई साथमा लैजाने जनविश्वास भएको कारण पञ्चकमा मृत्यु भएमा शवसँगै ४ वटा नरिवल राखिन्छ। ताकि परिवारका बाँकी सदस्यको स्वास्थ्य र जीवनमा कुनै सङ्कट नआओस्।
• पञ्चक कालमा खाट, पलङ्ग र चारपाई बनाउनु शुभ मानिँदैन।
• पञ्चक कालमा घरमा छानो हाल्नु पनि अशुभ मानिन्छ। यसो गरे अशुभ फल दिन्छ।
• पञ्चक कालमा दक्षिण दिशाको यात्रा गर्नु पनि शुभ मानिँदैन। यदि यात्रा गर्न अत्यावश्यक छ भने केही उपाय गर्नुपर्नेछ।