करिब ५०० वर्षपछि १० गते बन्दैछ अत्यन्तै दुर्लभ योग : यी ३ राशिलाई हुनेछ पैसाको वर्षात्, खुल्नेछ भाग्यको द्वार

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार सबै ग्रह समय-समयमा राशि परिवर्तन गर्छन्। ग्रहहरूको यी राशि परिवर्तनले मानिसमा मात्र नभई देश र संसारमा पनि प्रभाव पार्छ। राशि परिवर्तनको समयमा यी ग्रहहरूले विभिन्न प्रकारका योग पनि बनाउँछन्। कतिपय योगलाई निकै शुभ मानिन्छ, जसको कारणले मानिसको जीवनमा प्रभाव पार्छ। ग्रहहरूको राशि परिवर्तन हुँदा धेरैको भाग्य पनि चम्किन्छ। यस्तै दुर्लभ योग बैशाख १० गते (अप्रिल २३ तारिख) आइतबार बन्दैछ। बैशाख १० गते सयौँ वर्षपछि केदार योग बन्न लागेको हो।

गुरु चन्द्रमाको गोचरको कारण यो दुर्लभ र शुब योग बन्न लागेको हो। गुरुले आफ्नो स्थान परिवर्तन गर्दैछ। लगभग ४५० – ५०० वर्षपछि यो योग बन्न लागेको हो। यो योगको लगभग सबै राशिहरुमा सकारात्मक प्रभाव पर्नेछ। सबै राशिका व्यक्तिहरूले यसबाट लाभ प्राप्त गर्नेछन्। तर केही यस्ता राशिहरु छन्, जसले यसको विशेष लाभ हासिल गर्नेछन्। यी राशिको यो योगको कारण चम्किनेछ भाग्य : –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

ज्योतिष शास्त्र अनुसार मेष राशिका मानिसहरूलाई विशेष धनलाभ मिल्नेछ। आफ्नो लगन र मिहिनेतले सबै लक्ष्यहरू पूरा गरेर सजिलै सफलता हासिल गर्नेछन्। उनीहरुको सामाजिक प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ। यस राशिका भाग्यको द्वार खुल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बैशाख १० गतेपछि सिंह राशिका जातकको जीवनमा खुशीयालीको आगमन हुनेछ। ज्योतिष शास्त्रका अनुसार ग्रहहरूको चालमा आउने परिवर्तनले शुभ समाचार प्राप्त गर्नुहुनेछ। जागिर गरिरहेका व्यक्तिहरुले आफूले चाहेको ठाउँमा सरुवा पाउन सक्छन्। सिंह राशि भएका व्यक्तिले व्यापार-व्यवसायमा मनग्यै मुनाफा कमाउनेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

ज्योतिष शास्त्र अनुसार केदार योगका कारण धनु राशि भएका व्यक्तिको जीवनमा धेरै सकारात्मक परिवर्तन आउने देखिन्छ। यस राशि हुनेहरुको आर्थिक स्थितिमा सुधार आउनेछ। दाम्पत्य एवं पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। पत्नीसँगको सम्बन्ध प्रगाढ हुनेछ। व्यापारी तथा व्यवसायीले उल्लेखनीय मात्रामा मुनाफा कमाउनेछन्। यस राशिका मानिस धार्मिक कार्यमा पनि सक्रिय रहनेछन्। उनीहरुले धार्मिक काममा बढी समय व्यतीत गर्नेछन्।

प्रकाशित : आइतबार, बैशाख ०३, २०८०१४:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्षय तृतीयाको दिन गर्नुहोस् यस्ता काम, कहिले पनि हुनेछैन धनको कमी