खरमास सकिएसँगै लाग्दैछ सबैभन्दा ‘खतरनाक पञ्चक’, आउँदो ५ दिन कदापि नगर्नुस् यी काम

काठमाडौँ : – हिन्दू धर्ममा कुनै पनि शुभ वा माङ्गलिक कार्य गर्नु अघि शुभ मुहूर्त अवश्यै हेरिन्छ। शुभ समयमा काम गर्दा शुभ फल प्राप्त हुने जनविश्वास छ। त्यसैगरी प्रत्येक महिनामा पाँच दिन हुन्छन् जसमा धेरै शुभ र माङ्गलिक कार्यहरू निषेधित हुन्छन्। वास्तवमा हरेक महिनाको पञ्चक फरक फरक हुन्छ जसमा कुनैमा शुभ कार्य गरिन्छ र धेरैमा हुँदैन। हिन्दू पञ्चाङ्ग अनुसार बैशाख २ गते पञ्चाङ्ग सुरु भईरहेको छ। शनिबारको दिन सुरु हुने भएकाले यसलाई मृत्यु पञ्चक भनिन्छ। शास्त्र अनुसार मृत्यु पञ्चक अशुभ मानिन्छ। बैशाख १ गते शुक्रबार सूर्य मेष राशिमा प्रवेश गरेको छ। यस्तो अवस्थामा खरमास पनि समाप्त भएको छ।

जब चन्द्रमा धनिष्ठा नक्षत्रको तृतीय चरण र शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद र रेवती नक्षत्रको चतुर्थ चरणमा भ्रमण गर्छ, तब त्यसलाई पञ्चक भनिन्छ। सरल शब्दमा भन्नुपर्दा जब चन्द्रमा धनिष्ठा, शतभिषा, उत्तराभाद्रपद, पूर्वा भाद्रपद वा रेवती नक्षत्रमा आउँछन्, तब नक्षत्रहरूको संयोजनबाट बन्ने विशेष योगलाई पञ्चक भनिन्छ।

पञ्चाङ्ग अनुसार बैशाख २ गते साँझ ७ बजे पञ्चक सुरु भई बैशाख ६ गते बुधबार राति १२ : ०८ मिनेटमा समाप्त हुँदैछ।

शास्त्रका अनुसार जुन दिनबाट पञ्चक सुरु हुन्छ, त्यो दिन पञ्चकसँग जोडिन्छ। शनिबारदेखि सुरु भएकाले यसलाई शनि पञ्चक वा मृत्यु पञ्चक भनिएको हो। मृत्यु पञ्चकलाई अशुभ मानिन्छ किनकी यो पञ्चक मृत्यु समान हुन्छ। यस्तो अवस्थामा पञ्चकमा कुनै पनि किसिमको जोखिमपूर्ण काम गर्नबाट बच्नुपर्छ।

मृत्यु पञ्चकको समयमा गर्नुहोस् यो काम

पञ्चकको समयमा काठ सङ्कलन वा खरिद नगर्नुहोस्। यसका साथै पञ्चकमा घरमा पलङ्ग, खाट आदि बनाउनु पर्छ।

मृत्यु पञ्चकमा कुनै पनि नयाँ कामको थालनी गर्नु हुँदैन। यो अवधिमा नयाँ कामको थालनी गर्दा अशुभ फल मिल्ने विश्वास छ ।

शनिबारदेखि सुरु हुने पञ्चकमा दुर्घटना हुने सम्भावना बढी हुन्छ। त्यसैले जोखिमपूर्ण काम गर्नबाट जोगिनुपर्छ, किनकि चोटपटक, दुर्घटनाले ज्यान लिन सक्छ।

प्रकाशित : शुक्रबार, बैशाख ०१, २०८००९:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेष राशिमा बन्दैछ ४ ग्रहको शुभ संयोग, यी ५ राशिले उठाउनेछ भरपूर फाईदा