मेष राशिमा बन्दैछ ४ ग्रहको शुभ संयोग, यी ५ राशिले उठाउनेछ भरपूर फाईदा

काठमाडौँ : – मेष राशिमा चार ग्रहको संयोग बनिरहेको छ। गत चैत १७ गते शुक्रबार बुधले मेष राशिमा प्रवेश गरेको थियो, त्यसपछि यसै राशिमा बैशाख ८ गते शुक्रबार वक्री भई बैशाख १० गते आइतबार अस्त हुनेछ। बैशाख १ गते शुक्रबार सूर्यदेव मेष राशिमा प्रवेश गरेको छ र त्यसपछि बैशाख ९ गते शनिबार बृहस्पति ग्रह मेष राशिमा गोचर गर्नेछ। यस राशिमा राहु पहिलेदेखि नै विराजमान छ। अर्थात् बैशाख ९ गते चार ग्रहको संयोग बन्दैछ। ५ राशिका व्यक्तिले यसबाट लाभ पाउनेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि यो संयोग निकै शानदार र शुभ फलदायी सिद्ध हुनेछ। तपाईको भाग्यको बन्द ढोका खुल्नेछ र तपाईले सबै क्षेत्रमा प्रगति गर्नुहुनेछ। धैर्यताका साथ काम गर्नुपर्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि यो योग अपार लाभदायी साबित हुनेछ। तपाईका शत्रु पराजित हुनेछन्। तपाईको मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक स्थिति मजबूत हुनेछ। दाम्पत्य जीवन पनि सुखद रहनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिको ९ औँ भावमा यो योग बन्नेछ। यसले तपाईको जीवनमा धन-धान्य र वैभवमा बढोत्तरी गराउनेछ। व्यापारमा दोगुणा सफलता मिल्नेछ। जागिरमा बढुवाको योग देखिन्छ। भाग्यले साथ दिने कारण धेरै अवसरहरु मिल्नेछन् र धेरै क्षेत्रमा प्रगति गर्नुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

नोकरीमा प्रगति गर्नुहुनेछ। व्यापार-व्यवसायमा नाफा कमाउन सफल हुनुहुनेछ। तपाईको मान-सम्मानमा वृद्धि हुनेछ। लगानीका लागि समय अनुकुल छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिको दोस्रो भावमा यो योग बनिरहेको छ। तपाईको वाणी र सम्बन्धमा सुधार हुनेछ। आर्थिक लाभ मिल्नेछ। बचतमा वृद्धि हुनेछ। करियरमा सफलता मिल्नेछ। काममा प्रगति र व्यापारमा लाभ हुनेछ। रोकिएका सबै काम पुरा हुनेछन्।

प्रकाशित : शुक्रबार, बैशाख ०१, २०८०११:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उच्च राशिमा प्रवेशपछि शक्तिशाली बन्यो सुर्यदेव, १ महिनासम्म यी राशिलाई हुनेछ अथाह धन-लाभ