९ दिनपछि लाग्दैछ वर्षको पहिलो सूर्यग्रहण : ४ राशि रहनुस् सतर्क, आर्थिक पक्ष र स्वास्थ्यमा पार्नेछ प्रतिकूल प्रभाव

काठमाडौँ : – सूर्यग्रहण आउँदो वर्ष २०८० सालको बैशाख ७ गते(२० अप्रिल) मातातीर्थ औँसीको दिन लाग्दैछ। धार्मिक मान्यता अनुसार सूर्यग्रहण औँसीको दिन र चन्द्रग्रहण पूर्णिमाको दिन लाग्ने गर्दछ। आउँदो वर्ष बैशाख पूर्णिमाको दिन पहिलो चन्द्रग्रहण लाग्दैछ। सूर्य बैशाख १ गते शुक्रबार मेष राशिमा प्रवेश गर्नेछ, त्यसपछि ग्रहण लाग्नेछ। पौराणिक मान्यता अनुसार सूर्यग्रहण र चन्द्रग्रहण राहु र केतुको कारणले हुन्छ। बैशाख ७ गते लाग्ने सूर्यग्रहणको प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। यद्यपि तीमध्ये ४ राशिका जातकमा भने प्रतिकूल प्रभाव पर्न सक्छ। उनीहरुको स्वास्थ्य, करियर र आर्थिक पक्षमा नकारात्मक असर पर्न सक्छ। ज्योतिषाचार्यका अनुसार सूर्यग्रहणले कुन-कुन ४ राशिमा नकारात्मक प्रभाव पार्छ त, जान्नुहोस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

वर्षको पहिलो सूर्यग्रहणको प्रतिकूल प्रभाव तपाईको राशिका जातकमा देखिनेछ। तपाईको वैवाहिक जीवनमा तनाव आउन सक्छ। जीवनसाथीसँग वादविवादको स्थितिबाट टाढा रहनुहोस्। धैर्यताका साथ काम गर्नुहोस्। यस समयमा तपाईको आर्थिक पक्ष कमजोर हुन् सक्छ, जसकारण तनावको स्थिति उत्पन्न हुन् सक्छ। जसको फलस्वरूप तपाईको मानसिक स्वास्थ्य बिग्रन सक्छ। आफ्नो व्यक्तिगत स्वास्थ्यको विशेष ख्याल गर्नुहोस्। तनाव कम गर्न प्राणायामको सहारा लिनुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सूर्यग्रहणको कारणले अनावश्यक खर्चका कारण पैसाको अभाव हुने भएकाले बचतमा असर पर्न सक्छ। यसबाट बच्नको लागि फिजुल खर्चमाथि नियन्त्रण गर्नुहोस्। आफ्नो क्रोध र वाणीमा संयम राख्नुपर्नेछ। अन्यथा यसले सम्बन्धमा असर पार्न सक्छ र करियरमा पनि नकारात्मक असर पर्न सक्छ। परिवारमा कुनै सदस्यको स्वास्थ्य बिग्रन सक्छ, त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सूर्यग्रहणका कारण कार्यस्थलमा समस्याको सामना गर्नु पर्नेछ। सहकर्मीबाट सहयोग नपाउने या हाकिमसँगको सम्बन्धमा गडबडी आउन सक्छ। व्यवसायीहरूले अहिले सावधानी अपनाउनुहोला, कुनै पनि ठूलो लगानी नगर्नुहोस्, अन्यथा धन हानि हुन सक्छ। तपाईको आर्थिक पक्ष पनि पहिलेको तुलनामा कमजोर हुन सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका जातकले पनि सुर्यग्रहणको नकारात्मक प्रभावको सामना पनि गर्नुपर्ने हुन सक्छ। धन हानि हुने सम्भावना छ। कसैलाई पैसा सापटी नदिनुहोस् र कुनै ठूलो लगानी नगर्नुहोस्। पैसा बचत गर्न प्रयास गर्नुहोस्, भविष्यमा यो आवश्यक हुन सक्छ। परिवारमा विवादको स्थितिबाट बच्नुहोला। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

प्रकाशित : शुक्रबार, चैत २४, २०७९१७:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्षय तृतीया घर ल्याउनुहोस् यस्ता सामान्य चिज, बदलिनेछ भाग्य: धनले भरिनेछ घर !