अक्षय तृतीया घर ल्याउनुहोस् यस्ता सामान्य चिज, बदलिनेछ भाग्य: धनले भरिनेछ घर !

धार्मिक मान्यता अनुसार वैशाख शुक्ल पक्षको तृतीया तिथिको विशेष महत्त्व रहेको छ। यसै दिन अक्षय तृतीया पर्व मनाइन्छ। शास्त्रमा अक्षय तृतीयालाई पुण्य प्राप्त गर्ने दिन र धनको स्रोत मानिएको छ। यस दिन केही काम गर्नाले शुभ फल प्राप्त हुने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । अक्षय तृतीयाको दिन लक्ष्मी माताको पूजा गर्नुका साथै केही सामानको खरिद गर्नु पनि शुभ मानिन्छ। यस वर्ष अक्षय तृतीया २२ अप्रिल शनिवार परेको छ। जान्नुहोस् सय दिन कुन–कुन वस्तु किन्दा शुभ फल प्राप्त हुन्छ।

अक्षय तृतीयाको दिन लक्ष्मीको पूजा गर्नुका साथै सुन चाँदी खरिद गर्नु पनि शुभ मानिन्छ। यसो गर्नाले घरमा माता लक्ष्मीको आशीर्वाद आउने र लक्ष्मीको पनि वास हुने जनविश्वास रहेको छ। यस दिन यी चीजहरू पनि घरमा ल्याउन सक्नुहुन्छ।

कौडा

गौडा लक्ष्मीलाई धेरै प्रिय हुने जनविश्वास छ। त्यसैले अक्षय तृतीयामा गौडा किन्नु पर्छ। यसो गर्दा लक्ष्मी माताको कृपा कायम रहन्छ र आर्थिक अवस्था बलियो हुन्छ।

शंख

लक्ष्मीको हातमा रहेको दक्षिणमुखी शंख पनि धनदाता मानिन्छ। शंखलाई लक्ष्मी देवीको भाइ मानिन्छ, किनभने शंख समुन्द्र मन्थनको समयमा पनि प्रकट भएका थिए। जसका कारण अक्षय तृतीयाको दिन घरमा शंख ल्याउन सकिन्छ। यसो गर्नाले घरमा सकारात्मक ऊर्जाको प्रवाह बढ्छ, जसका कारण घरमा धनको कमी कहिल्यै हुँदैन।

काँचो नरिवल

अक्षय तृतीयाको दिन पनि काँचो नरिवल ल्याउन सक्नुहुन्छ, किनभने काँचो नरिवललाई माता लक्ष्मीको रूप मानिन्छ। यसलाई ल्याउनुहोस् र पूजापाठ सहित औपचारिक रूपमा स्थापना गर्नुहोस्। यसो गर्नाले भूत, पिशाचको छायाँ हुँदैन।

पारद शिवलिंग

अक्षय तृतीयाको दिन माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्नुका साथै भोलेनाथको पनि कृपा प्राप्त गर्न सकिन्छ। त्यसैले अक्षय तृतीयाको दिन पारद शिवलिंग किनेर स्थापना गर्नुहोस्। यसो गर्नाले रोग, दोष र भयबाट मुक्ति मिल्छ र आर्थिक अवस्था पनि मजबुत हुन्छ।

प्रकाशित : शुक्रबार, चैत २४, २०७९१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज विकट संकष्टी चतुर्थी, पूजा विधि, जान्नुहोस् शुभ समय र महत्व