काठमाडौँ: – हिन्दु धर्मको मान्यता अनुसार शुभ मुहुर्तमा गरिएको कुनै पनि काम सफल हुन्छन्। जब शुभ योगको कुराकानी हुन्छ, तब प्राय: सर्वार्थसिद्ध योगको चर्चा हुन्छ। यो अत्यन्तै सामान्य शुभ योग हो, जुन प्राय: बनिरहेको हुन्छ। ज्योतिष शास्त्रका अनुसार शुभ योगमा गरिने माङ्गलिक कार्यले सधैं शुभ फल दिन्छ।
नेपाली प्रसिद्द ज्योतिषाचार्य डा. सुनील सिटौलाका अनुसार भोलि चैत्र २२ गते बुधबारको दिन सर्वार्थ सिद्धि योग निर्माण हुँदैछ। उनका अनुसार बुधबार बिहान ११ बजेर ३७ मिनेटदेखि दिनभर सर्वार्थसिद्धी योग छ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘भोलि बिहान ११ बजेर ३७ मिनेट देखी दिनभर सर्वार्थसिद्धी योग छ। मुहुर्त ज्योतिष अनुसार यो एक प्रकारको सिद्ध मुहुर्त हो। यसमा शुरु गरिएका महत्वपूर्ण कार्यहरुले सुखद परिणाम ल्याउनेछन। लगानी, लेनदेन, गरगहना जोड्ने देखी अन्य कार्यहरू पनि गर्दा फाप्छ।’
