काठमाडौँ : – हनुमान जयन्ती प्रत्येक वर्ष चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइन्छ। हिन्दू पञ्चाङ्ग अनुसार हनुमान जयन्ती चैत्र २३ गते(अप्रिल ६ तारिख) बिहिबारको दिन मनाइँदैछ। भगवान हनुमानको जन्मदिनलाई हनुमान जयन्तीका रुपमा मनाइन्छ। पुराणका अनुसार हनुमान जीलाई श्रीरामको परम भक्त मानिन्छ र यससँग सम्बन्धित धेरै कथाहरू छन्।
हनुमान जयन्तीलाई लिएर बजरङ्गबलीका भक्तजनहरुमाझ ठूलो उत्साह-उमङ्ग हुन्छ। यस दिन चालिसा र सुन्दरकाण्डको पाठ गर्दा परिवारको मङ्गलमय कामना गर्नुपर्छ। हनुमान जीले हरेक दुष्ट शक्तिलाई नष्ट गरी हरेक काममा अगाडि बढ्न मद्दत गर्दछन्। हनुमान जयन्ती प्रत्येक वर्ष चैत्र पूर्णिमामा पर्छ र यसैदिन शुक्रको राशि परिवर्तन पनि हुनेछ। साथै बृहस्पति र शुक्रको स्थितिका कारण लक्ष्मी योग पनि बन्न लागेको छ। जसका कारण यो हनुमान जयन्ती निकै महत्वपूर्ण हुने भएको छ। यी विशेष संयोगका कारण कुन – कुन राशिका लागि हनुमान जयन्ती शुभ रहनेछ त ?
यी राशिका लागि शुभ रहनेछ हनुमान जयन्ती
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
यस हनुमान जयन्तीमा मेष राशिका व्यक्तिहरूले आर्थिक समस्याबाट मुक्ति पाउन सक्छन्। अचानक धन आर्जन हुन सक्छ। यस राशिका लागि यो महिना व्यापार र कार्यस्थलको लागि पनि शुभ साबित हुनेछ। सबै समस्याहरू हट्नेछन्। मिहिनेतले सकारात्मक परिणाम प्राप्त गर्नेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका लागि हनुमान जयन्ती लाभदायी सावित हुनेछ। हनुमानजीको कृपाले यो महिना धन सम्पति प्राप्त हुनेछ। करियरसँग सम्बन्धित व्यक्तिहरूले पनि जागिर वा पदोन्नतिको नयाँ अवसर प्राप्त गर्न सक्छन्। व्यापार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले पनि लाभ उठाउनेछन्। नयाँ व्यापार-व्यवसाय सुरु गर्न चाहनेहरुले मनग्यै लाभ हासिल गर्नेछन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका मानिसहरूलाई पनि यो महिना हनुमानजीको कृपा मिल्नेछ। करियरमा प्रगति हुनेछ, आर्थिक स्थिति बलियो हुनेछ, नैतिक क्षमतामा सुधार हुनेछ र पदोन्नतिको सम्भावना छ। कार्यक्षेत्रमा कुनै नयाँ तथा महत्वपूर्ण जिम्मेवारी पाउन सकिनेछ। यस अवधिमा परिवारबाट पनि पूर्ण सहयोग मिल्नेछ। व्यापार व्यवसायमा उन्नति हुने संकेत देखिन्छ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
हनुमानजीको कृपाले वृश्चिक राशिका व्यक्तिहरूलाई रोकिएको धन प्राप्त हुनेछ। पढाईमा सफलता मिल्न सक्छ। काममा प्रगति, नयाँ अवसर मिल्नेछ। अन्य क्षेत्रमा फाइदा हुनेछ। कार्यस्थलमा पदोन्नतिको अवसर पनि सृजना हुनेछ। करियरमा सकारात्मक नतिजा आउनेछ।