काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
साताको राशिफल : – (फागुन २७ देखि चैत ३ गतेसम्म)
ज्योतिषाचार्य दामोदरनाथ लोहनी
साताका चाड : – ३० गते अष्टमी व्रत, (दुदु च्या च्या) । १ गते मीन सङ्क्रान्ति, शीतलाष्टमी ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
साता राम्रो खालको छ । सुरुका दिनमा नै मित्रसँग भेटघाट हुने र भोजभतेर पर्ने सम्भावना छ तर मित्रबाट खास सहयोग भने पाउनु होला जस्तो छैन । असल काम गर्न लाग्दा पनि बाधा दिनेहरू धेरै हुनेछन् । शिवजीको नित्य दर्शन गरेमा त्यस्ता अवरोध हटाउन सकिनेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
यस साता मान–प्रतिष्ठा नबढे पनि खास हानि हुने छैन । प्राविधिक खाले कामबाट राम्रो उपलब्धि हुनेछ । पढाइ एवं लेखाइ दुवैतिर समान गति चल्ला । व्यापार, व्यवसायको कामबाट केही लाभ लिन सक्नुहुनेछ । भैरवको दर्शन गरेमा बढ्दो खर्चलाई नियन्त्रणसमेत गर्न सकिनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
साता राम्रो खाले छ । पहिलेदेखि रोकिएका काम पनि बन्न थाल्नेछन् । खर्चलाई घटाउन नसके पनि काम बन्नाले मनमा सन्तोष हुनेछ । परिवारबाट सहयोग मिल्ला भने मित्र पनि असल नै पाउनु हुनेछ । प्राविधिक खाले काममा विशेष सफलता छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
साताका सुरुका दुई दिन मनमा बढी डर लाग्नेछ तर बिग्रने समय छैन । सोमबारबाट अलिकति खर्च बढ्नेछ भने काम महìवपूर्ण रूपले नै बन्ने छन् । सम्मान, प्रतिष्ठामा आएको ह्रास घट्न थाल्नेछ । व्यापार, व्यवसायले गतिलै लाभ देला । परिवारबाट पाइने सहयोगमा कमी छैन।