पञ्चाङ्ग : –
दिन – आइतबार ।। नक्षत्र – स्वाती ६:२५ बजेदेखि विशाखा , ३०:११ बजे उप्रान्त ज्येष्ठा ।। तिथि – पञ्चमी , १९:४५ बजे उप्रान्त षष्ठी ।। करण – कौलव ८:१० बजेदेखि तैतिल , १९:४५ बजे उप्रान्त वव ।। योग – व्याघात , १७:०९ बजे उप्रान्त हर्षण ।। फागुन २८, २०७९, आइतबार ।। 12 March, 2023 ।। पञ्चमी, चैत्र कृष्णपक्ष ।। चिल्लागा, ११४३ ने.सं. ।। सूर्योदय(sunrise) – ६:१९ ।। सूर्यास्त(sunset) – १८:१० ।।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
तपाईको दिन यात्राको लागि शुभ छ। व्यापार सम्बन्धित कार्यको लागि लाभदायी दिन छ। घरमा शुभप्रसंगको आयोजन हुनेछ। लगानी गर्दा आर्थिक लाभ होला। श्रीमतीको स्वास्थ्यलाई लिएर चिन्तित रहनुहुन्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
तपाईको दिन अनुकूल र प्रतिकूल छ। व्यवसायिक रूपबाट नयाँ विचारधारा अभ्यासमा ल्याउनु हुनेछ। आलस्य र व्यग्रता बनिरहनेछ। त्यसैले स्वास्थ्य प्रति ध्यान दिनुहोला। प्रतिस्पर्धीसँग वाद-विवादमा नउत्रिनुहोला। व्यापारीले पैसाको लेन-देनमा ध्यान राख्नुहोला।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
नकारात्मक विचारलाई मनबाट टाढा राख्नुहोला। खान-पिनमा ध्यान राख्नुहोला। आकस्मिक पैसा खर्च हुनेछ। कुनै कारणवश बाहिर जाने प्रसंग उपस्थित हुनेछ। मध्यान्नपछि बौद्धिक तथा साहित्यिक प्रवृत्तिमा रहनुहुन्छ। मानसिक रुपले अस्वस्थ रहनुहुन्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
स्वादिष्ट एवम् उत्तम भोजन, सुन्दर कपडा र विपरीत लिंगीय व्यक्तिको साथ पाएर प्रसन्न रहनुहुन्छ। तपाईको आर्थिक पक्ष सुदृढ बन्नेछ। विचारमा अनिर्णायक्ता रहनेछ। अचानक पैसा खर्च होला। सहकर्मीसँग आन्तरिक मतभेद बढ्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
व्यवसायमा धनसम्बन्धित आयोजन पनि गर्न सक्नुहुन्छ। विदेश स्थित व्यवसायीजनबाट लाभ होला। प्रबल लाभको योग छ। रिस नियन्त्रण गर्नुहोला। नयाँ कार्य प्रारम्भ नगर्नुहोला। व्यापारको विस्तारण गर्नुहुन्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
तपाईको दिन सुख-शान्तिपुर्वक बित्नेछ। तपाईले गहना खरिद गर्नुहुनेछ। साथ-साथै कला प्रति पनि अभिरुचि रहनेछ। व्यापारको लागि दिन शुभ छ। पैसा सम्बन्धित विषयमा सरलता रहनेछ। घरमा शान्ति र आनन्दको वातावरण बनिरहनेछ। व्यवसायमा वातावरण राम्रो रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
तपाईको दिन मध्यम फलदायी छ। शारीरिक उर्जा र मानसिक प्रसन्नता अभाव हुनेछ। परिवारमा उग्र वातावरण रहनेछ। व्यवहारिक जीवनमा मानहानिको प्रसंग नबनोस् यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि शारीरिक र मानसिक स्थितिमा सुधार हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
सम्पत्ति सम्बन्धित कार्य एवम् घरायसी जीवनको प्रश्नको समाधान आउनेछ। व्यवसायीजनको लागि दिन अनुकुल छ। प्रतिस्पर्धी परास्त हुनेछ। मध्यान्नपछि शारीरिक र मानसिक प्रतिकूलता रहनेछ। व्यवहारिक जीवनमा असफलता मिल्नेछ। खानपिनको व्यवस्था समयानुसार हुनेछैन।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
स्वास्थ्य राम्रो रहनेछ। तपाईको दिन आध्यात्मिक प्रवृत्तिको लागि निकै राम्रो छ। आर्थिक लाभ हुनेछ। विद्यार्थीले विद्या-अभ्यासमा अधिक ध्यान दिन आवश्यक छ। मध्यान्नपछि स्थिति अनुकूल रहनेछ। मनमा रहेको दुविधा समाधान गर्नुहुन्छ। शरीर र मन दुवै स्वस्थ रहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
धार्मिक र आध्यात्मिक प्रवृत्ति वृद्धि हुनेछ। व्यवसाय र व्यापारमा वातावरण अनुकूल रहनेछ। तपाई हरेक काम सरल तरिकाले पूरा गर्नुहुन्छ। मध्यान्नपछि तपाईको विचारमा नकारात्मक भाव वृद्धि हुनेछ। यसले निराशा बढ्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
धार्मिक र सामाजिक कार्यमा पैसा खर्च हुनेछ। आफन्त र मित्रसँग झगडा हुन सक्ला। केहि अधिक आध्यात्मिकता प्रति ध्यान दिनु हुनेछ। दुर्घटना एवम् शल्यचिकित्साबाट सम्हालिनु होला। मध्यान्नपछि प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
व्यवसायिक तथा अन्य क्षेत्रमा दिन लाभदायक छ। यात्रा तथा घुमफिर हुनेछ। मध्यान्नपछि हरेक काममा सावधानी अपनाउनु पर्ने हुन्छ। व्यवसायिक काममा सरकारी प्रभाव बढ्नेछ। अधिक श्रम गर्दा पनि फल कम प्राप्त हुन्छ।