काठमाडौँ : ज्योतिषशास्त्रमा ग्रहहरुको राशि परिवर्तनलाई निकै महत्वपूर्ण मानिन्छ। ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा शुभ वा अशुभ प्रभाव पार्छ। कतिपय राशिले शुभ फल प्राप्त गर्छन् भने केही राशिले अशुभ फल पाउँछन्। २ दिनमा २ ठूला ग्रहको राशि परिवर्तन हुँदैछ। फाल्गुन २८ गते आइतबार शुक्र मेष राशिमा र फाल्गुन २९ गते सोमबार मङ्गल मिथुन राशिमा प्रवेश गर्नेछ। शुक्र र मङ्गलको राशि परिवर्तनले १२ राशिलाई कस्तो प्रभाव पार्ला त ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
कला वा संगीतप्रति झुकाव बढ्न सक्छ। कामको शिलशिलामा यात्रा गर्नुपर्ने हुन सक्छ। यात्रा लाभदायक हुनेछ तर मेहनत पनि बढी हुनेछ। स्वभावमा चिडचिडापन आउनेछ। पारिवारिक समस्याले सताउन सक्छ। घरपरिवारमा माङ्गलिक कार्य हुन् सक्छ। भवनको मर्मतसम्भार र सजावटमा खर्च बढ्न सक्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
परिवारमा मान सम्मान मिल्नेछ। काममा वरिष्ठ अधिकारीहरुसँग सद्भाव कायम राख्नुहोला। बालबालिकाको स्वास्थ्यको ख्याल गर्नुहोस्। खर्चमा वृद्धि हुनेछ। मनमा नकारात्मकताको प्रभाव रहनेछ। आत्मविश्वासको कमी हुनेछ। मिठो तथा स्वादिष्ट भोजनप्रति रुझान बढ्न सक्छ। शैक्षिक कार्यमा सफलता मिल्ने सम्भावना छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मानसिक शान्ति कायम रहनेछ तर धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। पारिवारिक जीवन सुखमय रहनेछ। जागिरमा कार्यस्थलमा केही परिवर्तन आउन सक्छ। कार्यक्षेत्रमा कठिनाइले सताउन सक्छ। आम्दानीमा कमी र खर्च बढ्ने अवस्था रहनेछ। धार्मिक कार्यमा झुकाव बढ्न सक्छ। कडा परिश्रम गरे पनि सफलता मिल्ने देखिन्न।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मनमा उतारचढाव रहनेछ। पिताको सानिध्यता मिल्नेछ। व्यापारमा वृद्धि हुनेछ। मिहिनेत बढी हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। नकारात्मक सोचले प्रभाव पार्नेछ। परिवारको सहयोग मिल्नेछ। आत्म-नियन्त्रित हुनुहोस्। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ। जीवनयापनमा असहजता रहनेछ। व्यापार विस्तारमा खर्च बढ्न सक्छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
कला वा संगीतमा रुचि बढ्न सक्छ। काममा वरिष्ठ तथा कनिष्ठ अधिकारीहरुसँग सद्भाव कायम राख्नुहोस्। कार्यस्थलमा कठिनाइ आउन सक्छ। मिहिनेत बढी हुनेछ। बोलीमा कठोरताको प्रभाव रहनेछ। कुराकानीमा सन्तुलित हुनुहोस्। मन अशान्त रहनेछ। आत्मविश्वासमा कमी आउनेछ। जागिरमा परिवर्तनको सम्भावना छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
आत्मविश्वास भरिपूर्ण रहनेछ। तैपनि मन विचलित हुन सक्छ। धर्मप्रति श्रद्धाभाव रहनेछ। साथीभाइको सहयोगमा व्यापारमा लगानी गर्न सकिनेछ। आत्म-नियन्त्रित हुनुहोस्। धन प्राप्तिको सम्भावना छ। व्यापारमा समस्या आउन सक्छ। सम्पत्तिको विषयमा विवादको स्थिति आउन सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मन अशान्त रहनेछ। जागिरमा सरुवाको योग बनेको छ। आयमा वृद्धि हुनेछ। परिवारबाट टाढै बस्नु पर्न सक्छ। खर्च बढ्नेछ। मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। सन्तानलाई कष्ट हुनेछ। आत्मविश्वासमा कमी आउनेछ। आफ्नो भावनालाई नियन्त्रण गर्नुहोस्। आमाबाट धन प्राप्ति हुनसक्छ। आफ्नो स्वास्थ्यबारेमा सावधान रहनुहोस्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
कुराकानीमा सन्तुलित हुनुहोस्। बुवाको स्वास्थ्यको ख्याल राख्नुहोस्। परिवारको सहयोग मिल्नेछ। पुरानो साथीसँग भेटघाट हुनसक्छ। धैर्यताको कमी हुनेछ। व्यापार व्यवसायमा प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। मानसिक शान्ति मिल्नेछ। कामप्रति उत्साह र उमङ्ग रहनेछ। मन लागेको काममा सफलता मिल्नेछ। स्वास्थ्यमा केही समस्या आउन सक्छ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
बोलीमा मिठास रहनेछ। मन विचलित हुन सक्छ। धर्मप्रति श्रद्धाभाव रहनेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय विस्तारका लागि खर्च बढ्न सक्छ। साथीभाइसँग वैचारिक मतभेद हुन सक्छ। मिष्ठान्न खानेकुरामा रुचि बढ्न सक्छ। आमाबाट धन प्राप्ति हुनसक्छ। लामो यात्राको योग बनेको छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
आत्मविश्वास भरिपूर्ण रहनेछ। काममा वरिष्ठ तथा कनिष्ठ अधिकारीको सहयोग मिल्नेछ। जागिरमा सरुवाको सम्भावना देखिन्छ। आयमा वृद्धि हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ। मानसिक शान्ति मिल्नेछ। पुराना साथीभाइसँग सम्पर्क हुनसक्छ। मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ। माताको सहयोग मिल्नेछ। सुखद समाचार प्राप्त हुनेछ। धार्मिक कार्यक्रममा भाग लिन सकिनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
शैक्षिक कार्यमा मन लाग्नेछ। कुनै लोकप्रिय ठाउँको यात्रा हुन् सक्छ। दौडधुप बढ्नेछ। कार्यक्षेत्रमा पनि कठिनाइ आउन सक्छ। अव्यवस्थित खर्च बढ्नेछ। साथीभाइको सहयोगले व्यापारमा गति मिल्नेछ। लाभको अवसर बढ्नेछ। व्यापार व्यवसायमा प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। लामो समयदेखि चलिरहेको विवाद समाधान हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मानसिक शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। आयमा वृद्धि हुनेछ। घरपरिवारमा भौतिक सुख – सुविधामा वृद्धि हुनसक्छ। आत्मविश्वासको कमी रहनेछ। परिवारसँग धार्मिक स्थानको यात्रामा जान सकिनेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। खर्च बढी हुनेछ। सन्तान सुखमा वृद्धि हुन् सक्छ। खर्च बढी हुनेछ।