काठमाडौँ : – सपना सामान्यतया हरेक मानिसले देखेको हुन्छ। कतिपय सपनाले हामीलाई खुशी बनाउँछ भने कतिपय सपनाले हामीलाई भयको महसुस गराउँछ। तर यसको मतलब यो होइन कि सपना जस्तै विपनामा पनि सोहीँ घटना घट्छ। आज हामी तपाईलाई अशुभ सङ्केत दिने चार सपनाको बारेमा बताउँछौँ र ती सपनाले व्यक्तिको जीवनमा कस्तो पार्छ त।
स्वप्न शास्त्र अनुसार सपनामा कैंची देख्नु वा प्रयोग गर्नु अशुभ सङ्केत मानिन्छ। यसको मतलब तपाईको वैवाहिक जीवनमा केही समस्या आउन सक्छ। जीवनसाथीसँग मनमुटाव हुन सक्छ वा जीवनसाथीको स्वास्थ्य बिग्रन सक्छ। यस्ता सपना देख्दा मानिसले संयमता अपनाउनुपर्छ।
सपनामा आफूलाई उचाइबाट खसेको देख्नु अशुभ सङ्केत हो। यसको मतलब तपाईको स्वास्थ्य बिग्रन सक्छ वा तपाईलाई आर्थिक नोक्सान हुन सक्छ। शेयर, सट्टेबाजी र चिठ्ठामा धन-हानि हुन् सक्छ।
स्वप्न शास्त्र अनुसार सपनामा रुख काटेको देख्नुलाई अशुभ मानिन्छ। साथै यसको अर्थ तपाईलाई धन हानि हुन सक्छ। यसका साथसाथै परिवारमा कुनै वृद्ध व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ वा कुनै महत्त्वपूर्ण काम रोकिन सक्छ।
सपनामा बिरालो, उजाड जङ्गल, सुकेका रुख र फोहोर ढलनाला देख्नुलाई पनि अशुभ सङ्केत मानिन्छ। यसको मतलब तपाईले करियर-कारोबारमा केही चुनौतीहरूको सामना गर्नुपर्नेछ। तपाईको स्वास्थ्य अवस्था बिग्रन सक्छ। साथै आगामी दिनमा कसैसँग विवाद हुनसक्छ। त्यसैले बोलीमा संयम राख्नुपर्छ। सपनामा घोडाबाट खस्नु पनि अशुभ संकेत मानिन्छ। मतलब तपाईको केही काम रोकिन सक्छ। व्यापारमा कुनै पनि सम्झौता रोकिन सक्छ।