८ दिनपछि लाग्नेछ सूर्य ग्रहण, कुन-कुन राशिका लागि हुनेछ शुभ ?

काठमाडौँ : – हिन्दू धर्ममा सूर्य र चन्द्रग्रहणलाई निकै मान्यता दिईन्छ। यस दिनको धेरै धार्मिक महत्व छ। यस्तो अवस्थामा मानिसहरु वर्षभरी नै सूर्य र चन्द्रग्रहणको पर्खाईमा बस्छन्। वि.सं. २०८० सालको सूर्य ग्रहणको कुरा गर्ने हो भने यो ग्रहण वैशाखमा लाग्दैछ। ज्योतिषशास्त्रका अनुसार यसले सबै १२ राशिलाई असर गर्छ। यस्तो अवस्थामा कुन राशिमा यो ग्रहणले शुभ र अशुभ प्रभाव पार्छ भन्ने जान्न जरुरी छ। सूतक काल कति समयसम्मको लागि लाग्नेछ त ?

समय

वि.सं. २०८० सालको पहिलो सूर्य ग्रहण वैशाख ७ गते बिहिबारको दिन लाग्नेछ। यो ग्रहण बिहान ७ बजेर १९ मिनेटबाट सुरु हुनेछ र मध्याह्न १२ बजेर ४४ मिनेटसम्म रहनेछ। यो उपछाया ग्रहण हुनेछ। यो ग्रहण एसियाका केही देशसहित अस्ट्रेलिया, हिन्द महासागर र अन्टार्कटिकामा मात्रै देखिनेछ। त्यस्तै यो ग्रहण नेपालबाट भने देखिनेछैन्। सोहीँ कारण यहाँ सूतक काल मान्य हुँदैन्।

राशिहरूमा प्रभाव

वि.सं. २०८० सालको पहिलो सूर्य ग्रहण केही राशिका लागि शुभ साबित हुनेछ। मिथुन राशिका लागि यो ग्रहण शुभ साबित हुनेछ। साथसाथै वृष राशिका मानिसहरुलाई पनि यसबाट लाभ मिल्नेछ। मेष, कन्या र सिंह राशिका लागि यो ग्रहण शुभ मानिएको छैन।

प्रकाशित : शुक्रबार, फागुन २६, २०७९१८:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मेष राशिमा गोचर गर्नेछ शुक्र ग्रह, ४ राशिलाई हुनेछ प्रचुर धन-लाभ