भोलि मेष राशिमा गोचर गर्नेछ शुक्र ग्रह, ४ राशिलाई हुनेछ प्रचुर धन-लाभ

काठमाडौँ : – शुक्र ग्रह फाल्गुन २८ गते आइतबार बिहान मीन राशिबाट निक्लिएर मेष राशिमा गोचर गर्नेछ। सुख, समृद्धि, कला र सौन्दर्यका देवता शुक्रदेवको शुभ प्रभावले मानव जातिले सबैखाले सुख प्राप्त गर्दछन्। शुक्रको यो राशि परिवर्तनले ४ राशिलाई अचानक धनलाभको योग बनाएको छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिको प्रथम भावमा शुक्रको गोचर हुनेछ, जसले गर्दा तपाईको व्यक्तित्वको आकर्षण बढ्नेछ। सातौँ भावको स्वामी भएको कारण शुक्रले तपाईको जीवनमा धनसम्पत्तिसँग जोडिएका समस्याहरु हटाउनेछ। जीवनसाथीसँगको तपाईको सम्बन्ध अझ सुमधुर हुनेछ। विलासी वस्तुहरु खरिद गर्ने रहर जाग्न सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिको ११ औँ भावमा शुक्रको गोचरले आर्थिक स्थिति मजबूत बनाउँछ। जीवनको जीवनमा भौतिक सुख र सुविधामा वृद्धि हुनेछ। जागिरमा तलबवृद्धि र व्यापार-व्यवसायमा मुनाफा हुनेछ। दाजुभाई तथा दिदीबहिनीको सहयोग मिल्नेछ। सम्बन्धमा सुधार हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिको दशौँ भावमा शुक्रको गोचरले कार्यक्षेत्रमा उन्नति प्रदान गर्नेछ। श्रमजीवी वर्गहरुका लागि लाभदायी र व्यापारीहरुका लागि समय नाफामूलक सिद्ध हुनेछ। आर्थिक अवस्था मजबुत हुनेछ। घरको मर्मतसम्भार र विलासिताका सामानमा धन खर्च हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिको नवौँ भावमा शुक्रको गोचरले भाग्य जागृत गराउनेछ। यात्राको योग बन्नेछ र यसका साथै तपाईको धनसम्बन्धी समस्या दूर हुनुका साथै धन प्राप्तिको योग पनि बन्नेछ। दाजुभाई तथा दिदीबहिनीको भरपूर प्रेम र समर्थन प्राप्त हुनेछ।

प्रकाशित : शनिबार, फागुन २७, २०७९११:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ दिनमा २ ठूला ग्रहका राशि परिवर्तनले मच्चाउनेछ उथलफुथल, १२ राशिमा पार्नेछ शुभ-अशुभ प्रभाव