मङ्गल मिथुन राशिमा ६९ दिनको लागि गर्नेछ गोचर, मिथुनसहित ५ राशिका मानिस हुनेछन् मालामाल

काठमाडौँ : – मङ्गल ग्रह फाल्गुन २९ गते सोमबार बिहान मिथुन राशिमा प्रवेश गर्दैछ। मङ्गल ग्रह मिथुन राशिमा प्रवेश गरेपछि ग्रह-नक्षत्रको योग-संयोगमा ठूलो परिवर्तन आउनेछ। मङ्गल विगत ५ महिनादेखि वृष राशिमा गोचर गरिरहेको छ। अन्तत: अब मङ्गलले राशि परिवर्तन गर्दैछ र बुधको राशि मिथुनमा जाँदैछ। मङ्गलले शनिसँग नवम पञ्चम योग बनाउनेछ। यस स्थितिमा मङ्गल आगामी करिब तीन महिनासम्म मिथुन राशिमा रहनेछ। जुन ५ राशिका लागि शुभ मङ्गलकारी साबित हुनेछ र उनीहरुले जीवनका विभिन्न क्षेत्रमा लाभ र प्रगति हासिल गर्नेछन्।

वृष राशिबाट ५ महिनापछि मङ्गल ग्रह मिथुन राशिमा फर्कदैछ। मिथुन राशिमा मङ्गल ग्रह आउनु र शनिसँग नवम पञ्चम योग बन्नुका साथै यसैबीच सूर्य र बृहस्पतिको पनि राशि परिवर्तन हुनु एक ठूलो ज्योतिषीय घटना हुने भएकोले मिथुन राशिका मानिसहरु मङ्गल ग्रहको गोचरको क्रममा उर्जा र उत्साहले भरिपूर्ण रहनेछन्। मिथुन राशिका व्यक्तिहरुको उत्साह चरम सीमामा रहनेछ। मङ्गल मिथुन राशिमा आउँदा कुन-कुन राशिलाई लाभ मिल्नेछ त ?

मेष राशिमा मङ्गल गोचरको प्रभाव : –

मङ्गललाई मेष राशिको स्वामी मानिन्छ र गोचरकालमा यो तेस्रो भावमा प्रवेश गर्नेछ। मेष राशिको तेस्रो भावमा आउनु तपाईहरुका लागि धेरै अनुकूल रहनेछ। यसको प्रभावले तपाईभित्र सकारात्मक उर्जाको सञ्चार हुनेछ र तपाईको धेरैजसो रोकिएका कामहरु पूरा हुनेछन्। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुका लागि यो गोचर शुभफलदायी हुनेछ। आफ्नो पिता र गुरुवर्गको पूरा सहयोग प्राप्त हुनेछ। करियरको लागि पनि यो गोचर अत्यन्तै अनुकूल साबित हुनेछ।

मिथुन राशिमा मङ्गल गोचरको प्रभाव : –

मङ्गलको यो गोचर मिथुन राशिको लग्न भावमा हुँदैछ। यस गोचरको शुभ प्रभाव तपाईलाई प्राप्त हुनेछ र तपाईको रोग प्रतिरोधात्मक क्षमता मजबूत हुनेछ। यस अवधिमा तपाईले आफ्नो माताको स्वास्थ्यको ख्याल गर्नुपर्नेछ। मङ्गलको प्रभावले तपाईले घरजग्गा खरिद-बिक्रीबाट मनग्यै लाभ पाउनुहुनेछ। पार्टनरशिपको व्यापारबाट पनि राम्रो लाभ मिल्नेछ। तपाईले जीवनसाथीको भरपूर सहयोग प्राप्त गर्नुहुनेछ। आफ्नो बोली-बचनमा ध्यान दिनुहोस्।

सिंह राशिमा मङ्गल गोचरको प्रभाव : –

सिंह राशिका लागि यो गोचर आर्थिक मामिलामा विशेष लाभदायक मानिन्छ। यस समयमा तपाईले कुनै पनि पुरानो लगानीबाट ठूलो लाभ प्राप्त गर्न सक्नुहुन्छ र पैसा लगानी गर्नु पनि यो समय तपाईको लागि शुभ रहनेछ। आफ्नो परिवारमा दाजुभाई-दिदीबहिनी तथा मामाघर पक्षबाट पूरा सहयोग प्राप्त हुनेछ। तपाईको तलब बढ्न सक्छ। धन बचत गर्न पनि तपाई सफल हुनुहुनेछ। यस समयमा परिवारसँग घुम्न जाने योजना बन्न सक्छ। प्रतियोगात्मक परीक्षाको लागि अनुकूल समय छ र तपाईले राम्रो प्रदर्शन गर्नुहुनेछ। कानुनी मामिलामा तपाईको जित हुनेछ।

कन्‍या राशिमा मङ्गल गोचरको प्रभाव : –

कन्या राशि भएका व्यक्तिहरुलाई मङ्गल गोचरको शुभ प्रभाव मिल्नेछ। मङ्गलको प्रभावले तपाईको व्यवसायिक जीवन अद्भुत हुनेछ। तपाईले बढुवा पनि पाउनुहुनेछ। अफिसका मानिसहरूले तपाईको कामको प्रशंसा गर्नेछन् र तपाईले इनाम प्राप्त गर्नुहुनेछ। व्यवसाय गर्नेहरुको मिहिनेत पनि यस समयमा सफल हुनेछ र उनीहरुको व्यापार विस्तार हुनेछ । तपाईको आत्मविश्वासमा वृद्धि हुनेछ। पारिवारिक जीवनमा अलि सजग रहनु पर्ने देखिन्छ। कुनै पनि प्रकारको विवादबाट टाढा रहनुहोस्।

मकर राशिमा मङ्गल गोचरको प्रभाव : –

मकर राशिमा मङ्गल ग्रहलाई उच्च मानिन्छ र यस राशिका लागि यो गोचर निकै अनुकूल साबित हुनेछ। करियरमा यतिबेला तपाईले मनले चाहेको कामको प्रस्ताव प्राप्त गर्नुहुनेछ। यद्यपि यस समयावधिमा तपाईको खर्चमा अप्रत्याशित वृद्धि हुन् सक्छ। कामको शिलशिलामा लामो यात्रा गर्नुपर्नेछ। पिताको स्वास्थ्यको ख्याल गर्नुहोला। तपाईको स्वभावमा कुनै कारण चिडचिडापन आउन सक्छ। क्रोधलाई नियन्त्रण गर्नुहोस्।

प्रकाशित : शुक्रबार, फागुन १९, २०७९१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको शुक्रबार सम्म सबै भन्दा कुन राशिलाई शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !