मेष (चु चे चो ला लि लु ले लो अ)
यो साता स्वास्थ्य त्यति राम्रो रहने छैन । स्वास्थ्यकै लागि बढी खर्च गर्नु पर्ला । त्यसपछि शिक्षाको कामले खर्च गराउने छ । व्यापारमा वृद्धि होलाजस्तो छैन । साताको मध्य भागमा मात्रै केही आर्थिक लाभ गर्नुहुनेछ । नारायणको नित्य दर्शन गरिरहनुहोस् ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
परिश्रम गरेअनुसारको उपलब्धि नभए पनि यो साता निराश हुनुपर्ने अवस्था छैन । मित्रको सहयोगले धेरै काम गर्नेछ । सोमबार र मङ्गलबार स्वास्थ्यका लागि त्यति राम्रा छैनन् । बाँकी दिनमा भने केही न केही उपलब्धि भइरहनेछ । खासगरी प्राविधिक कामले फाइदा दिनेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
पूर्वाद्र्ध राम्रो खालको छ । साताको मङ्गलबारदेखि भने केही समस्या आएर मन खिन्न हुनेछ । पढाइमा पूरा समय जाला जस्तो छैन । व्यापारसम्बन्धी काममा पनि अनेकौँ बाधा तेर्सिनेछ । नारायणको आराधनाले त्यस्तो समस्या समाधान गर्न सकिनेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
सातालाई राम्रो रूपमा लिनुपर्दछ । सुरुमा नै भोजभतेरहरू पर्नेछन् । इष्टमित्रसँग भेट हुने समय छ । उनीहरूको सल्लाहलाई उपेक्षा नगर्नुहोस् । तत्काल आएका समस्यालाई निदान गर्न सकिनेछ । आर्थिक स्थिति त्यति डर लाग्दो देखिँदैन ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
साताका सुरुका दिनमा बढी खर्च हुनेछन् । ठोस कामभन्दा मनोरञ्जनका काममा नै खर्च हुनेछ । पढाइ र लेखाइ दुवैमा खास प्रगति देखिँदैन । मित्रको सहयोग नगन्य छ र खर्च गराउने खालका मित्र मात्रै बढी छन् । सूर्यको आराधना गरिरहनुहोस् ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
समय राम्रो खालको साता छ । केही काम गर्नुपर्ने भए गरिहाल्नुहोस् । अलिकति खर्च बढाएमा निकै उपलब्धि पाउनुहुनेछ । व्यापार, व्यवसायमा भने त्यति ठूलो प्रगति देखिँदैन । गणेशको आराधनाले आइपर्ने बाधा हट्न सक्नेछन् ।
तुला (र रि रु रे रो ता ति तु ते)
यो साता खर्च बढी नै रहनेछ र त्यसलाई नियन्त्रण गर्न गाह्रो छ । आफ्ना लागिभन्दा पनि परिवारकै लागि बढी खर्च हुनेछ तैपनि परिवारबाट पाउनुपर्ने ठोस सहयोग पाउनुहुने छैन । स्वास्थ्यमा सानोतिनो बाधा भई नै रहला । पढाइमा अझै पनि गति आउन सकेको छैन ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
साता राम्रै खालको छ । असल काम गर्नतिर मनको प्रवृित्त जाला भने गरेका काम बन्ने पनि छन् । आर्थिक स्थिति त्यति चिन्ताजनक छैन । मित्रको सहयोगले केही नयाँ कामसमेत हातमा पर्न सक्छ । खर्च भने घट्ने क्रममा छैन ।
धनु (ये यो भा भी भू ध फा ढा भे)
यो साता परिश्रम प्रशस्त पर्ला र परिश्रमकै भरले प्रगति गर्नुहुनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास बढी रहेको छ । खर्चको क्रम त्यति घट्ने देखिँदैन । मुद्दामामिलामा भने तपाईंकै पक्ष बलियो छ । साताका सुरुमा बढी समस्या हुनेछ ।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
यो साता खर्च बढ्ला भने केही काम पनि बन्नेछन् । यात्राको सम्भावना देखिन्छ । प्रेमको क्षेत्रमा सफलता छ । नयाँ साथी थपिन सक्छन् । जागिरमा त्यति नराम्रो स्थिति छैन तैपनि शनिको सेवा गरिरहनुहोस् । व्यावसायिक कामले राम्रै लाभ दिनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
सातालाई राम्रो भन्न सकिन्न । वादविवाद र ́गडा बढी पर्नेछ । विपक्षीहरू घटेका छैनन्, बरु बढ्ने स्थितिमा छन् । हाललाई तपाईंको कूटनीतिक प्रतिभा पनि घट्दै गएको देखिन्छ । सूर्यको नित्य दर्शन गर्नुहोस् र सूर्यलाई अघ्र्य दिनुहोस् ।
मीन (दी दू थ झ दे दो चा ची)
यो साता खर्च बढेअनुसार केही काम पनि बन्नेछन् । बौद्धिक स्थिति त्यति बाहिर गएको छैन । बोलीमा ओज छ भने त्यसले धेरै मानिस प्रभावितसमेत हुनेछन् । आर्थिक स्थिति नराम्रो देखिन्न । विवाहसम्बन्धी कुरामा राम्रो प्रगति हुने साता छ ।