यी ४ राशिका व्यक्तिले आगामी शनिबार अवश्य गर्नुहोस् यस्ता उपाय, मिल्नेछ हरेक सफलता !

फागुन महिनाको दोस्रो प्रदोष व्रत फागुन २० गते शनिबार मनाइँदै छ । यस प्रदोष व्रत शनिबार हुने भएकाले यसलाई शनि प्रदोष व्रत भनिन्छ। फाल्गुन शुक्ल पक्षको त्रयोदशी तिथिलाई प्रदोष व्रत भनिन्छ। यो व्रत गर्नाले योग्य सन्तान प्राप्त हुने मान्यता रहेको छ। शनि प्रदोषको व्रत एकातिर शिवको पूजाका लागि विशेष छ भने अर्कोतर्फ यो व्रत शनिदेवको पूजाका लागि पनि विशेष छ ।

शनि प्रदोष व्रतको दिन भगवान शिव र शिवको विधिवत् पूजा गरिन्छ। त्यसैले यो दिन प्रदोषकालमा भगवान शिवाको पूजासँगै शनिदेवको पूजाको साथै शनि देवको साढे सती, ढैय्या र महादशामा हुनेहरूले यी उपाय गर्नु अत्यन्तै शुभ मानिन्छ।

तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका व्यक्तिहरूले यस दिन पिपलको रूखमा दीप प्रज्वलन गरी जल चढाउनुपर्छ। फागुन शुक्ल पक्षको त्रयोदशी तिथि शनिबार बिहान ११:४३ बजे प्रारम्भ भई भोलिपल्ट फागुन २१ गते आइतबार दिउँसो २ः०७ बजे समापन हुनेछ। उदय तिथि अनुसार शनि प्रदोष व्रत मनाइन्छ।

शनि प्रदोष व्रतमा शनिदेवलाई प्रसन्न पार्न शनिदेवलाई तोरीको तेल चढाएर विधिपूर्वक शनिदेवको पूजा गर्नुहोस्। शनिदेवलाई प्रसन्न पार्न दशरथद्वारा रचित शनि स्तोत्रको पाठ गर्नुहोस्।

प्रकाशित : बुधबार, फागुन १७, २०७९१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लक्ष्मी नारायण योग बन्दा यी ३ राशिको चम्किनेछ किस्मत, शुक्र र बुध ग्रहको रहनेछ विशेष कृपा