काठमाडौँ : – ज्योतिष शास्त्रमा ग्रहहरुले राशि परिवर्तन गरी संयोग बनाउँछन्। जसको प्रभावव मानव जीवन र पृथ्वीमा देखिन्छ। मार्च महिनामा वैभव र ऐश्वर्यको दाता शुक्र र व्यापार, बुद्धिका दाता बुधको संयोग बन्दैछ। जसबाट लक्ष्मी नारायण योगको निर्माण हुनेछ। यस योगको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर ३ राशि यस्ता छन्, जसलाई यो योग शुभ फलदायी साबित हुन् सक्छ। आउनुहोस्, जानौँ ती भाग्यशाली राशिका बारेमा…
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका मानिसहरुका लागि लक्ष्मी नारायण योग शुभ फलदायी साबित हुन् सक्छ। किनकी यो योग तपाईको राशिबाट नवम भावमा बन्दैछ। त्यसैले यस समयावधिमा तपाईलाई भाग्यले भरपूर साथ दिनेछ। साथै लामो समयदेखि रोकिएका कामहरु पनि समयमै सम्पन्न हुनेछन्। आर्थिक सङ्कटबाट छिट्टै छुटकारा पाइनेछ। साथै यस अवधिमा माङ्गलिक या धार्मिक कार्यक्रममा सहभागी हुने अवसर पाउनुहुनेछ। विदेशमा गई अध्ययन गर्न चाहने विद्यार्थीहरुको सपना पूरा हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
लक्ष्मी नारायण राजयोग बन्दा कर्कट राशिका जातकको राम्रा दिन सुरु हुनेछ। यो योग तपाईको कर्म भावमा बन्नेछ। त्यसैले यस समयमा तपाईको काम-कारोबार सफल हुनेछन्। जागिरको खोजीमा रहेका जातकले रोजगारीको अवसर पाउनेछन्। व्यापार-व्यवसाय राम्रो मुनाफा कमाउनुहुनेछ। लामो समयदेखि लगानी गर्ने सोच राख्नेहरुका लागि समय अनुकूल छ।
रोजगारी गरेका व्यक्तिको बढुवासँगै तलबवृद्धि हुन् सक्छ। आर्थिक क्षेत्रमा लाभको प्रबल सम्भावना छ। साथै यस समयमा बुबासँगको सम्बन्ध राम्रो रहनेछ। शनिको ढैय्या चलिरहेको विद्यार्थीलाई थोरै निराशा हात लाग्छ। यसका साथै स्वास्थ्य अवस्था मध्यम रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
लक्ष्मी नारायण योग बन्दा मिथुन राशिका व्यक्तिलाई आर्थिक लाभ हुन् सक्छ। यो योग तपाईको राशिको ११ औँ भावमा बन्दैछ। जसलाई आय र लाभको भाव मानिन्छ। त्यसैले यस समय तपाईको आयमा राम्रो बढोत्तरी हुनेछ। यसका साथै पुरानो लगानीबाट प्रशस्त लाभ हुने सम्भावना छ। लामो समयदेखि लगानी गर्ने सोच राख्नेहरूका लागि पनि समय अनुकूल छ। व्यापार-व्यवसायमा गरेको लगानीबाट मनग्यै मुनाफा मिल्नेछ। शेयर बजार, सट्टेबाजी र चिट्ठामा लगानी गरेर नाफा कमाउन सकिन्छ।