तनहुँ कारागारबाट रिहा भए अभिनेता पल शाह !

जबर्जस्ती करणी अभियोगमा जेल जीवन बिताइरहेका अभिनेता पल शालाई दाबी नपुग्ने भन्दै केही समय पहिले उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पल शाहले आज सोमबार जिल्ला कारागार तनहुँबाट पनि रिहा भएका छन् । अभिनेताले लागेको अभियोग को दाबी नपुगेको भन्दै आइतबार भएको संयुक्त इजलासले सफाई दिएको हो ।

गत वर्ष आजको दिन फागुन १५ गते नाबालिग बला:त्कार गरेको आरोप लागेपछि प्रहरी हिरासतमा आत्मसमर्पण गरेका अभिनेता पल शाह आज जिल्ला कारागार, तनहुँबाट रिहा हुन लागेका छन्। अभिनेता पल शाह विरुद्ध एक नाबालिग गायिकाले गत वर्ष फागुन ११ गते फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी परेको थियो।

केही समय पहिले नवलपुर अदालतले शाहलाई सफाइ दिएको थियो तर अभिनेता विरुद्ध बाल यौ:न दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय साथै २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभिनेता विरुद्धको अभियोग दाबी नपुग्ने भन्दै शाहलाई आइतबार सफाइ दिएको हो। पल शाहका म्यानेजर कृष्ण जोशीका अनुसार आज सोमबार मध्यान्हसम्म सबै प्रक्रिया पुरा गरेर भोलि जेलबाट रिहा हुने सम्भावना रहेको बताएका छन्।

अहिले अभिनेता पल शाह जेलबाट रिहा हुने खबरले अभिनेता अभिनेता-अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अभिनेतालाई बधाई दिइरहेका छन्।

प्रकाशित : सोमबार, फागुन १५, २०७९१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बालकले खाना खानकै लागि गरे होटेलमा काम,आज शाहरुख-सलमानको भन्दा धेरै फ्यान छन्, चिन्नु भयो ?