यी बालकले खाना खानकै लागि गरे होटेलमा काम,आज शाहरुख-सलमानको भन्दा धेरै फ्यान छन्, चिन्नु भयो ?

एजेन्सी- अहिले सामाजिक सञ्जालमा एउटा सानो बच्चाको तस्बिर भाइरल भइरहेको छ। यो तस्बिरमा एउटा निर्दोष बालक देख्न सक्नुहुन्छ, जो अहिले बलिउड क्षेत्रको चर्चित फिल्म स्टार बनेका छन्। यो बालक को हो भन्न सक्नुहुन्छ? तस्बिरमा देखिएका बालकलाई अहिले बलिउडमा हिट मेसिन पनि भनिन्छ। सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ सलमान खान र शाहरुख खानभन्दा धेरै छन्। यो बच्चा अरू कोही नभई बलिउड अभिनेता अक्षय कुमार हुन्।

अक्षय कुमार अहिलेको समयमा बलिउड क्षेत्रको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता बनेका छन्। अक्षयको पारिश्रमिक बलिउडका शीर्ष सुपरस्टारभन्दा बढी छ। अक्षय कुमार आज जुन स्थानमा छन्, धेरै संघर्षपछि उनी त्यहाँ पुगेका छन्। सुरुका दिनहरूमा अक्षय कुमारले बाँच्नको लागि होटेलमा कुकको काम पनि गरेका थिए।

यति मात्र होइन, उनले कुनै समय गहना बेच्ने काम पनि गरेका एक अन्तर्वार्तामा बताएका छन्। मोडलिङमा संघर्ष र प्रयास गर्दै अन्ततः अक्षय कुमारको फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। अहिलेको समयमा हरेक युवा पुस्ताको मुखमा अक्षयको नाम सुन्न सकिन्छ।

अभिनेता अक्षयको अभिनय क्षेत्रको कुरा गर्ने हो भने अक्षय कुमारको फिल्म ‘सेल्फी’ हालै रिलिज भएको छ। यो फिल्मले दर्शकको मन जित्न भने सकेको छैन। फिल्ममा अक्षयसँगै इमरान हाश्मी, डायना र नुसरत भरुच मुख्य भूमिकामा छन्।

प्रकाशित : बुधबार, फागुन १७, २०७९१२:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नोरा फतेहीसँग सह–अभिनेताले गरे दुर्व्यवहार, अभिनेत्रीको कपाल तानेर…..