पल शाहले सफाई पाउँदा खुसी हुँदै अभिनेत्री पूजा, भन्छिन् ‘धन्य भगवान’!

अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेकी छिन्। जुन पोस्ट निकै भाइरल भएको छ। अभिनेत्री एक पोस्ट सार्वजनिक गर्दै लेख्छिन् ‘आज पानी पर्‍यो, सबै फोहोर पखालियो। मेरो साथी पलले सफाइ पायो। अब सबै कुरा सुन्दर भएर आयो। धन्य भगवान’ अभिनेत्री यो पोस्ट सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छिन्।

अभिनेता पल शाह गत वर्ष आजको दिन फागुन १५ गते नाबालिग बला:त्कार गरेको आरोप लागेपछि प्रहरी हिरासतमा आत्मसमर्पण गरेका अभिनेता पल शाह आज जिल्ला कारागार, तनहुँबाट रिहा हुन लागेका छन्।

अभिनेता पल शाह विरुद्ध एक नाबालिग गायिकाले गत वर्ष फागुन ११ गते फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी परेको थियो।

अहिले अभिनेता पल जेलबाट छुट्ने भएपछि अभिनेत्री पूजा शर्मा खुसी हुँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट निकै भाइरल भएको छ। अभिनेत्री सामाजिक सञ्जालमा पलसँगको तस्बिर राख्दै लेखेकी छिन् -‘आज पानी पर्‍यो, सबै फोहोर पखालियो। मेरो साथी पलले सफाइ पायो। अब सबै कुरा सुन्दर भएर आयो। धन्य भगवान’ ।

प्राय सामाजिक सञ्जालमा आलोचित हुने अभिनेत्रीलाई यस पोस्टमा अभिनेत्रीका फ्यानले निकै प्रशंसा गरेका छन्।

प्रकाशित : सोमबार, फागुन १५, २०७९११:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निर्माता छविविरुद्धको मुद्दा शिल्पाको जित, सम्पत्ति र ऋण आधा-आधा हुने