केही समय पहिले अभिनेत्री शिल्पा पोखरेल सामाजिक सञ्जालमा आएर श्रीमान बिराज ओझा विभिन्न यातना दिएको भन्दै मुद्दा हालेकी थिइन्। त्यस समय देखि नै दुवै अलग-अलग बस्दै आएका छन्। अहिले अभिनेत्री शिल्पाले नेपाली फिल्म निर्माता छविराज ओझाविरुद्धको मुद्दा जितेकी छन्। भने निर्माता छविले आफ्नो भागको आधा सम्पत्ति अभिनेत्री शिल्पालाई दिनुपर्ने भएको छ।
शिल्पा आधा सम्पत्ति पाउने भएसँगै वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा शिल्पाले पनि बेहोर्नुपर्ने पनि फैसला सुनाएको छ । यस फैसलासँगै अदालतले दुवैको सम्बन्ध विच्छेदको मुद्दा पनि टुङ्ग्याएको छ। यससँगै छविराजले आफ्नो कुल सम्पत्ति सहित २० करोड भन्दा बढी ऋण रहेको देखाएका छन्।
शिल्पाले सामाजिक सञ्जालमा एक पास सार्वजनिक गर्दै निर्माता ओझाविरुद्धको मुद्धामाको फैसला आफ्नो पक्षमा भएको हुँदा न्याय पाएको महसुस गरेको उल्लेख गरेकी छन्। यस प्रकार छ शिल्पाले सार्वजनिक गरेको पोस्ट ‘”हिजो सम्मानित काठमाडौँ जिल्ला अदालतबाट छवि ओझा विरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको छु।
यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाइ, भाउजू,साथीहरू, सङ्घ संस्था तथा विशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाइ ज्यु र अधिवक्ता मनोज यादवज्युलाइ कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।” नासै रोग हरै सब पीरा। जपत निरंतर हनुमत बीरा॥ संकट तें हनुमान छुड़ावै। मन क्रम बचन ध्यान जो लावै॥ जय हनुमान’