आज सोमवारे औंसीबाट सुरु भयो राज पञ्चक, ५ दिनसम्म गर्नुहुन्न यी काम

काठमाडौँ : धार्मिक मान्यता अनुसार सोमबारदेखि सुरु हुने पञ्चकलाई राज पञ्चक भनिन्छ। आज सोमवारे औंसीबाट राज पञ्चक सुरु भएको छ। राज पञ्चकलाई ज्योतिषमा निकै शुभ मानिन्छ। यस पञ्चक अवधिमा धेरै शुभ कार्यहरू गर्न सकिन्छ। त्यस्तै ज्योतिषशास्त्रका अनुसार चन्द्रमाले धनिष्ठा नक्षत्रको तेस्रो चरण र उत्तराभाद्रपद, पूर्वाभाद्रपद, रेवती र शतभिषा नक्षत्रको चार चरणहरू पार गरेपछि पञ्चक अवधि सुरु हुन्छ। थाहा पाउनुहोस् राज पञ्चक कहिलेसम्म रहन्छ….

पञ्चाङका अनुसार पञ्चक फाल्गुन ८ गते बिहानबाट सुरु भईसकेको छ। यो फाल्गुन १२ गते शुक्रबारको दिन ३:४३ बजे समाप्त हुनेछ। यसरी पञ्चकको प्रभाव आगामी पाँच दिनसम्म रहनेछ।

राज पञ्चकमा यस्ता काम शुभ मानिन्छ

ज्योतिष शास्त्रका अनुसार राज पञ्चकमा धन सम्पत्तिसँग सम्बन्धित काममा सफलता मिल्ने छ। यसको मतलब यस समयमा अचल सम्पत्ति किन्न र बेच्न गर्न सक्नुहुन्छ। त्यस्तै यस समयमा प्रशासनिक र सरकारी काम गर्न सक्नुहुन्छ।

अबको ५ दिन नगर्नुहोस् यस्ता कार्य:-

-पञ्चकमा परिवारको कुनै सदस्यको ज्यान गएमा उनको अन्तिम संस्कार विशेष तरिकाले गर्नुपर्छ। उक्त श-वका साथमा ४ मोतीचूर लड्डु वा नरिवल वा कुशको टुक्रा साथमा राख्नुपर्छ। यसो गर्नाले परिवारको सङ्कट टालिन्छ।

-पञ्चकमा चारपाई बेड बनाउने र किन्नु हुँदैन, घर बनाइरहनुभएको छ भने पञ्चकमा छत हाल्नु हुँदैन, ढोकामा फ्रेम हाल्नु हुँदैन। यसो गर्दा धेरै समस्या आउन सक्छ।

पञ्चक अवधिमा दक्षिण दिशामा यात्रा गर्नु हुँदैन। त्यसो गर्नु अशुभ हुन्छ। वास्तवमा, दक्षिणलाई यमको दिशा मानिन्छ, पञ्चक अवधिमा घाँस, काठ आदि पनि संकलन गर्नु हुँदैन।

प्रकाशित : सोमबार, फागुन ०८, २०७९१९:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजैबाट गर्न सुरु गर्नुहोस् यस्तो एक उपाय, जीवनभर धनको हुने छैन कमी !