आजैबाट गर्न सुरु गर्नुहोस् यस्तो एक उपाय, जीवनभर धनको हुने छैन कमी !

ज्योतिष शास्त्रमा भान्साकोठामा हरेक दिन प्रयोग हुने यस्ता धेरै कुराहरुको बारेमा बताइएको छ, जसलाई अपनाएमा मानिसको सौभाग्य प्राप्त हुन्छ। बेसार यी मध्ये एक हो। बेसारको प्रयोग भान्सामा मात्र नभई स्वास्थ्यका हिसाबले पनि फाइदाजनक मानिन्छ। हिन्दु धर्ममा बेसारलाई धेरै शुभ कार्यमा पनि प्रयोग गर्ने गरिन्छ। साथै भगवान विष्णुलाई बेसार वा चंदनको तिलक पनि लगाइन्छ। भनिन्छ, भगवान विष्णुलाई बेसार निकै प्रिय रहेको छ।

ज्योतिषशास्त्रका अनुसार यदि तपाईं पनि कुनै प्रकारको आर्थिक समस्याबाट गुज्रिरहनु भएको छ भने भगवान विष्णुलाई बेसार मिश्रित जल चढाउँदा विशेष लाभ मिल्ने विश्वास रहेको छ। यसका साथै आर्थिक संकटबाट बाहिर निस्कन बिहीबार बेसारसँग सम्बन्धित केही उपाय अपनाउन सकिन्छ। यसो गर्दा छिट्टै नै लाभ मिल्ने बताइन्छ। आउनुहोस् जानौं बेसारसँग सम्बन्धित केही विशेष उपायको बारेमा:-

ज्योतिषशास्त्रका अनुसार यदि तपाईंको पैसा लामो समयदेखि कतै अड्किएको छ र तपाईं यसलाई फिर्ता गर्न चाहनुहुन्छ भने चामलको केही दाना लिएर त्यसलाई बेसारसँग मिश्रित गर्नुहोस्। अब यो चामल आफ्नो पर्समा वा धन राख्ने ठाउँमा राख्नुहोस्। यो उपाय गर्नाले रोकिएको पैसा छिट्टै फिर्ता हुनेछ।

कहिलेकाहीँ लाखौ मिहिनेत गरेर पनि सफलता मिल्दैन। यस्तो अवस्थामा मानिस निराश हुन्छन्। तर अब निराश हुनुपर्ने अवस्था छैन। बेसारसँग सम्बन्धित यो उपाय तपाईंका लागि फाइदाजनक साबित हुन सक्छ। यसका लागि ११ वा २१ गाँठो बेसारको माला बनाउनुहोस्। अब यो माला गणेशलाई चढाउनुहोस्। यसो गर्दा गणपतिको आशीर्वाद मिल्नेछ र सफलता मिल्नेछ।

यदि तपाईं राम्रो नै पैसा कमाउनुहुन्छ र बचत गर्न असमर्थ हुनुहुन्छ भने, बेसारको यो उपाय गर्नाले विशेष फाइदा हुनेछ। रातो रङको कपडामा बेसारको गाँठो बाँधेर तिजोरीमा राख्नुहोस्। यो उपाय गर्नाले तपाईं धन बचत गर्न सफल हुनुहुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन ०९, २०७९१०:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिकी जीवनमा गरिने यस्ता उपायले कहिल्यै हुँदैन धनको कमी, बन्नुहुनेछ करोडपति