आज बुधबार गर्नुहोस् यस्ता उपाय, श्री गणेशको कृपाले पूरा हुनेछ हरेक मनोकामना

आज बुधबार भगवान गणेशको पूजा गर्न शुभ दिन मानिन्छ। बुधबार भगवान गणेशको पूजा गर्नाले कुण्डलीमा रहेको बुध दोष हटेर घरमा सुख–समृद्धि आउने जनविश्वास रहेको छ। बुधलाई वाणी, बुद्धि र व्यापारको प्रतीक मानिन्छ। आज केही विशेष उपाय अपनाएमा कुण्डलीमा बुध ग्रहको स्थिति सुदृढ भई नोकरी-व्यवसायमा सफलता प्राप्त गर्न सकिन्छ। जान्नुहोस् यी उपायको बारेमा….

बुध ग्रहको उपाय 

कुण्डलीमा बुधको स्थिति बलियो बनाउन बुधवार व्रत गर्नुपर्छ । १७, २१ वा ४५ वटा बुधबार बुध देव र भगवान गणेशको नाममा व्रत राख्नाले शुभ फल मिल्छ र भगवान गणेश प्रसन्न हुन्छन्।

भगवान गणेशलाई हरियो चीज धेरै मन पर्छ। त्यसैले आज बुधवारको दिन हरियो चीजको अधिक सेवन गर्नुपर्छ। यसो गर्नाले शिक्षा, धन र व्यापारमा उन्नति हुने विश्वास गरिन्छ। यसका साथै शरीर पनि स्वस्थ रहन्छ।

यस दिन भगवान गणेशलाई प्रसन्न गर्न भगवान गणेशलाई दुबो चढाउनुपर्छ। यस उपायले व्यक्तिमा भगवान गणेशको आशीर्वादको वर्षा हुन्छ। साथै, भगवान गणेशको पूजा गर्दा गणपतिसँग सम्बन्धित मन्त्रको जप गर्नुपर्छ।

बुधबार हरियो कपडा लगाउनु निकै शुभ मानिन्छ। हरियो रंगको कुर्ता, श-र्ट लगाउन सक्नुहुन्छ। यस दिन ३,५ वा १७ पटक ‘ॐ ब्रं ब्रिन ब्रौं स: बुधाय नमः’ मन्त्रको जप गर्नुहोस्। भोजन गर्नुअघि तुलसीका ३ वटा पातहरू मिसाएर चरणामृत वा गंगा जल लिनुहोस्। यसरी खाना सुरु गरेपछि दोहोरो फाइदा हुन्छ।

प्रकाशित : बुधबार, फागुन ०३, २०७९१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिबाट नै यस्ता ४ कार्य गरेर सुरु गर्नुहोस् हरेक दिन, हरेक दिन हुनेछ सुखले भरिपूर्ण !