भोलिबाट नै यस्ता ४ कार्य गरेर सुरु गर्नुहोस् हरेक दिन, हरेक दिन हुनेछ सुखले भरिपूर्ण !

हिन्दु धर्ममा गरुड पुराणलाई निकै महत्त्वपूर्ण मानिन्छ। त्यसैले १८ पुराण मध्ये गरुड पुराणलाई महापुराणको स्थान दिइएको छ। गरुड पुराणमा भगवान विष्णु र उनको वाहन गरुड देवबिचको वार्तालापको वर्णन गरिएको छ। गरुड पुराणमा बताइएका कुराले मानिसलाई सफल र सुखी जीवन बिताउन मद्दत गर्दछ।

गरुण पुराणमा उल्लेख गरिएका यी भनाइको पालना गर्नाले मृत्युपछि आत्माको यात्रालाई पनि सहज बनाउँछ र मोक्ष प्राप्ति गर्दछ। त्यसैले परिवारमा कसैको मृत्यु भएमा गरुड पुराणको पाठ गरिन्छ। यस पोस्ट मार्फत गरुड पुराणमा बताइएका ती कुराहरु बारे जान्दछौ, जसको पालना गर्नाले मानिसले अपार धन र भाग्यको पूर्ण सहयोग पाउन सक्छ। यसका लागि आफ्नो दिनको सुरुवात केही विशेष कामहरूबाट गर्नुहोस्।

यस्ता कामबाट सुरु गर्नुहोस् दिनको सुरुवात

गरुड पुराणका अनुसार मानिसले आफ्नो दिनको सुरुवात भगवानको दर्शन र विधिवत् पूजा गरेर गर्नुपर्छ। यसो गर्नाले देवी-देवता र पितृको कृपा प्राप्त हुन्छ। जसले गर्दा हरेक काममा सफलता मिल्छ।

त्यसतै हरेक दिनको सुरुवातमा खान खानु भन्दा पहिले भगवानलाई भोग अर्पण गर्नुहोस्। घरमा पाकेको खान सबै भन्दा पहिले भगवानको नममा   चढाएपछि लिइएको भोजनले माता अन्नपूर्णाको आशीर्वाद दिनुका साथै घर धनधान्यले भरिन्छ। यस्तो घरमा माता लक्ष्मीको सधैँ वास हुन्छ र आशीर्वादको वर्षा हुन्छ। तर ध्यान राख्नुहोस् कि भगवानलाई शुद्ध भोजन मात्र चढाउनुपर्छ। अर्थात् यसमा लसुन–प्याज-मासु जस्ता चिज हुनु हुनुहुँदैन।

कसैको मद्दत गर्न कहिल्यैपछि नपर्नुहोस्। चराहरूलाई चरा खुवाउनुहोस्। कुकुरलाई रोटी खुवाउनुहोस्। दिनमा कम्तीमा एक पटक व्यक्तिले आत्म-चिन्तन गर्नुपर्छ। यस उपाय गर्दा व्यक्तिले आफूले लिएको सही र गलत निर्णय बिचको भिन्नता बुझ्छ र त्यसबाट सिकेर सही दिशामा अघि बढ्छ।

प्रकाशित : बुधबार, फागुन ०३, २०७९१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१२ घण्टा भित्र चम्किनेछ यी राशिका मानिसको भाग्य, मीन राशिमा प्रवेश गर्ने शुक्र ग्रहले दिनेछ अनेक लाभ !