काठमाडौँ : – वैदिक ज्योतिष अनुसार ग्रहहरूले समय-समयमा राशि परिवर्तन गरेर शुभ र अशुभ योगहरू निर्माण गर्दछन्। जसको प्रभाव मानव जीवन र देश-दुनियाँमा देखिन्छ। शनि ग्रह ३० वर्षपछि कुम्भ राशिमा प्रवेश गरेको छ। साथै फाल्गुन ३ गते बुधबार शुक्र ग्रह पनि मीन राशिमा प्रवेश गरेको छ। जसकारण ४ राशिका जातकको कुण्डलीमा राजयोग निर्माण भईरहेको छ । आउनुहोस्, जानौँ ती भाग्यशाली राशिका बारेमा…
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि यो राजयोग शुभ फलदायी साबित हुन् सक्छ किनकी शुक्र ग्रह फाल्गुन ३ गते उच्च भई तपाईको राशिको लाभ स्थानमा गएको छ। साथै शनिदेवले त्रिकोण राजयोग बनाउनेछ। यस समयावधिमा तपाईले कारोबारमा सफलता हासिल गर्नुहुनेछ। साथै करियरमा बढुवा र तलब वृद्धिको सम्भावना छ। पुरानो लगानीबाट धनलाभ हुनेछ। बेरोजगार व्यक्तिहरूले यस अवधिमा नयाँ कामको प्रस्ताव प्राप्त गर्न सक्छन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
राजयोगको निर्माण तपाईको लागि अनुकूल सिद्ध हुन सक्छ। शनिदेव तपाईको भाग्य स्थानमा छ। शुक्र ग्रहले तपाईलाई राम्रो काम दिलाउनेछ। नोकरीमा आफूले चाहेको ठाउँमा सरुवा पाउनुहुनेछ। बढुवा र तलब वृद्दिको प्रबल सम्भावना छ। विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेछन्। यसका साथै यस समयमा तपाईलाई भाग्यले साथ दिनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिका व्यक्तिहरुका लागि राजयोग बन्नु करियर र व्यापारको हिसाबले शुभ साबित हुन सक्छ। साथै यस समयमा तपाईले अड्डा-अदालतका मामिलामा सफलता हासिल गर्नुहुनेछ। यस समयमा तपाईले ऋणबाट मुक्ति पाउनुहुनेछ। यस समयमा तपाईलाई शेयर बजार, सट्टेबाजी र चिट्ठाबाट धनलाभ हुन् सक्छ। व्यापारमा ठूलो सम्झौता हुन् सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तपाईहरुका लागि राजयोगको निर्माण कुनै वरदान भन्दा कम हुनेछैन। नोकरी गरिरहेकाहरुको तलबवृद्दि हुन् सक्छ। कामहरु समयमै पूरा हुनेछ र तपाईका मनोकामना पूर्ति हुनेछ।