शुक्र ग्रहले गर्नेछ गुरुको घरमा प्रवेश, यी राशिको चम्किनेछ किस्मत, करियर-कारोबारमा सफलताको योग

काठमाडौँ : – ज्योतिष शास्त्रका अनुसार ग्रह एक निश्चित समयको अन्तरालमा आफ्नो नीच र उच्च राशिमा प्रवेश गर्छन्। जसको असर मानव जीवन र पृथ्वीमा देखिन्छ। धन र ऐश्वर्यको दाता शुक्र ग्रह आफ्नो उच्च राशि मीनमा प्रवेश गर्दैछ। मीन राशिमा गुरु ग्रहको आधिपत्य छ र गुरु ग्रह अहिले आफ्नो युवा अवस्थामा विचरण गरिरहेका छन्। त्यसैले यस गोचरको प्रभाव सबै राशिहरुमा देखिनेछ। तर ३ राशि यस्ता छन्, जसलाई शुक्र ग्रहको राशि परिवर्तन शुभ फलदायी सिद्ध साबित हुन् सक्छ। जानौं ती भाग्यशाली राशिहरुका बारेमा….

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – 

शुक्र ग्रहको गोचर वृष राशिका जातकका लागि शुभ साबित हुन् सक्छ। शुक्र ग्रह वृष राशिको ११ औँ भावमा विचरण गर्दैछ। यस स्थानमा शुक्रदेव बलवान् हुन्छन्। त्यसैले तपाईले पुरानो लगानीबाट लाभ लिन सक्नुहुन्छ। यसका साथै व्यापारी वर्गको आम्दानीमा वृद्धि हुनसक्छ। शेयर बजार, सट्टेबाजी र चिट्ठाबाट धनलाभ हुने सम्भावना छ। साथै यस समयमा तपाईका सम्पूर्ण मनोकामना पूरा हुनेछन्। आम्दानीका नयाँ मार्गहरु खुल्नेछन्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – 

शुक्र ग्रहको गोचर धनु राशिका जातकलाई अनुकूल साबित हुन् सक्छ। तपाईले घरजग्गामा लगानी गर्न सक्नुहुन्छ। पैतृक सम्पत्ति प्राप्त गर्नुहुनेछ। पर्यटन, घरजग्गा कारोबार र होटेलसम्बन्धी काम गर्नुहुन्छ भने तपाईको लागि यो समय उत्कृष्ट साबित हुन् सक्छ। साथै यस अवधिमा आमासँगको सम्बन्ध राम्रो हुनेछ। कार्यक्षेत्रमा कनिष्ठ र वरिष्ठ अधिकारीको भरपूर साथ-सहयोग पाउनुहुनेछ। बढुवाको पनि योग देखिन्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – 

शुक्रको राशि परिवर्तन तपाईका लागि लाभदायक साबित हुन सक्छ। यो समयमा रोजगारी पेशा गर्ने व्यक्तिले तलब वृद्धि र बढुवा पाउन सक्छन्। सरकारी परीक्षाको तयारी गरिरहेका जातकले राम्रो नतिजा प्राप्त गर्नेछन्। व्यापारीहरुलाई आकस्मिक धनलाभ हुन् सक्छ। व्यापार विस्तार पनि हुन् सक्छ।

प्रकाशित : आइतबार, माघ २९, २०७९१०:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजैबाट सुरु गरी लगातार ४५ दिन गर्नुहोस् यस्तो उपाय, जीवनभर हुने छैन धनको कमी