सलमान खानलाई घमण्डी मान्थे आमिर, सँगै काम गर्न चाहँदैन्थे, एक घटनाले बदल्यो सारा खेल

एजेन्सी : सलमान खान भारतीय चलचित्र क्षेत्रको एक यस्तो स्टार हुन्, जसको स्टारडम विगत ३ दशकदेखि निरन्तर कायम छ। ९० को दशकमा उनका फिल्महरु लगातार सुपरहिट हुन् थालेपछि धेरै स्टार्सको काममा असर परेको थियो। आजकल सलमान खानका फ्यान बाहेक फिल्म इन्डस्ट्रीका धेरैले उनलाई मन पराउँछन्। उनको स्वभाव देखेरै उनको प्रशंसक बन्छन्। तर के तपाईलाई थाहा छ एक समय थियो जब सलमान खानलाई आमिर खानले घमण्डी ठानेका थिए।

सन् १९९४ मा आएको सलमान खान र आमिर खानको फिल्म ‘अन्दाज अपना अपना’ रिलिज भएको धेरै वर्ष बितिसकेको छ। तर अहिलेसम्म कतै न कतै यो फिल्मसँग सम्बन्धित  किस्साहरू सुन्न पाइन्छ। यो फिल्मका धेरै किस्साहरु चर्चित छन्। यदि यस फिल्मको स्टारकास्टको कुरा गर्ने हो भने यसमा आमिर खान, सलमान खान, रवीना टन्डन र करिश्मा कपूर प्रमुख भूमिका मा थिए। यो फिल्मलाई फ्यानहरुले निकै रुचाएका छन्।

सन् २०१३ मा करण जोहरको च्याट शोमा आमिर खान आफैँले यस फिल्मका केही रोचक किस्साहरू सुनाएका थिए। कुराकानीका क्रममा आमिरले ‘अन्दाज अपना अपना’ को सुटिङका ​​क्रममा सलमान खानसँग काम गर्दाको अनुभव खासै राम्रो नभएको बताएका थिए। त्यतिबेला उनलाई सलमान मन पर्दैनथ्यो। आमिर उनलाई अशिष्ट र घमण्डी ठान्थे। आमिरले कुराकानी क्रममा त्यतिबेला अब भावी दिनमा कहिल्यै पनि सलमान खानसँग काम नगर्ने सोच बनाएको बताएका थिए।

सोहीँ किस्सा उल्लेख गर्दै आमिरले भने, ‘फिल्म अन्दाज अपना अपना मा काम गरेपछि हाम्रो भेट सन् २००२ मा भएको थियो। त्यतिबेला म भर्खरै आफ्नी पहिलो पत्नी रीना दत्ताबाट अलग भएको थिए। म त्यतिबेला सम्बन्ध बिच्छेदकको पीडाबाट गुज्रिरहेको थिए। यहीँ कारण म मद्यपानको लतमा लागेको थिए। यसैबीच एक साँझ सलमान खान मलाई भेट्न आए र मसँग धेरैबेर बसे। धेरै लामा कुराको शृङ्खला चलिरह्यो। सलमान खानसँग केही समय बिताएपछि मलाई थाहा भयो कि उनी कति अलग स्वभावको रहेछन्। त्यति मात्र होइन, त्यस दिनपछि मेरो उनीप्रतिको सोच पनि बिल्कुलै बदलियो।’

प्रकाशित : बुधबार, माघ १८, २०७९१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गरिबीको कारण बीचैमा पढाई छाडे, बसस्ट्याण्डमा बदाम बेच्थे : ज्याकी श्रफको किस्साले बनाउँछ भावुक