गरिबीको कारण बीचैमा पढाई छाडे, बसस्ट्याण्डमा बदाम बेच्थे : ज्याकी श्रफको किस्साले बनाउँछ भावुक

एजेन्सी : कोही कलाकार बन्न फिल्मी दुनियाँमा आउँछन्। अर्कोतर्फ केही यस्ता कलाकार पनि छन्, जसलाई भाग्यले मनोरञ्जनको दुनियाँमा ल्यायो। त्यसपछि उनीहरु यति लोकप्रिय भए कि चौतर्फी वाहवाही हुन् थाल्यो। यस्तै एक कलाकार आज आफ्नो ६६ औँ जन्मदिन मनाउँदैछन्। हामी कुरा गर्दैछौँ बलिउड अभिनेता ज्याकी श्रफ उर्फ ‘जग्गू दादा’ को। १ फेब्रुअरी सन् १९५७ मा जन्मिएका ज्याकीलाई भाग्यले फिल्मी दुनियाँमा लिएर आयो। आउनुहोस्, उनको करियरका केही पक्षहरुबारे कुरा गरौँ।

मुम्बईमा जन्मिएका जयकिशन काकूभाई श्रफका पिताको नाम काकूभाई हरिभाई श्रफ हो। ज्याकीले बाल्यकालमा यहीँ नाम पाएका थिए र उनी स्कुलसम्म यहीँ नामले चिनिन्थे। उनको नाम लामो भएकोले उनको स्कुलका साथीले उनलाई ‘ज्याकी’ भनेर बोलाउन थाले। यसपछि सुभाष घईले उनलाई ब्रेक दिँदा उनले आफूलाई ‘ज्याकी’ नै भनेर परिचय गराए। यसरी जयकिशन सदाका लागि ‘ज्याकी’ बने। ज्याकी बिन्दास स्वभावको भएकोले उनलाई ‘ज्याकी दादा’ या ‘जग्गू दादा’ पनि भनिन्छ।

सुरुमा ज्याकीको परिवारको आर्थिक अवस्था त्यति राम्रो थिएन। ज्याकी १० वर्षको हुँदा उनकै अगाडि समुन्द्रमा डुबेर उनको दाईको मृत्यु भयो। यो सम्पूर्ण परिवारको लागि ठूलो झटका थियो र तिनीहरूको अवस्था अझ खराब भयो। यस्तो अवस्थामा ज्याकीले ११ कक्षापछि पढाइ छोड्नुपरेको थियो। स्थिति यति खराब भयो कि ज्याकीले एक-दुई पैसा कमाउन फिल्मको पोस्टर टाँस्न र बदाम बेच्न थाले। त्यसपछि धेरै प्रयासपछि उनले ट्राभल एजेन्टको जागिर पाए।

ट्राभल एजेन्टको रूपमा काम गर्दै-गर्दा एक पटक ज्याकी बस स्ट्यान्डमा उभिरहेका थिए। त्यसैबेला एक विज्ञापन एजेन्सीसँग सम्बन्धित व्यक्तिले उनलाई सोधे, ‘के तपाई मोडेलिङ गर्नुहुन्छ ?’ भोलिपल्ट ज्याकी उक्त ठेगानामा गएर सूट सर्टको विज्ञापनका लागि फोटोसुट गराए। त्यसलगत्तै उनको तस्बिर सुभाष घईसम्म पुग्यो र उनले फिल्म ‘हिरो’ मा भूमिका पाए।

ज्याकीले सन् १९८७ मा आयशा श्रफसँग विवाह गरेका थिए । उनीहरुका दुई सन्तान कृष्णा र टाइगर श्राफ छन्।

प्रकाशित : बुधबार, माघ १८, २०७९१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फोटोमा देखिएका ३ किशोर… एक सुपरस्टार बने-एक अलराउन्डर, एक छन् गुमनाम