३० वर्षपछि आजबाट बन्यो कुम्भ राशिमा शनि र शुक्रको युति: यी राशिका लागि सुरु भयो गज्जबका दिन, मिल्नेछ हरेक काममा सफलता !

ग्रहचक्रमा कतिपय समय एक भन्दा धेरै ग्रह राशि परिवर्तन गर्दै एकसाथ एकै ग्रहमा रहँदा विशेष संयोग बन्ने गर्छ, जसको प्रभाव सबै १२ राशिका मानिसमा पर्छ। यस्ता संयोग कुनै राशिका मानिसलाई शुभ साबित हुन्छ त कसैलाई अशुभ फल दिन्छ। हालै मात्र ३० वर्षपछि शनि कुम्भ राशिमा फर्किएको छ भने आज २ बजेपछि शुक्र ग्रह पनि यसै राशिमा प्रवेश गरेको छ। यसको परिणामस्वरूप कुम्भ राशिमा शनि र शुक्र ग्रहको युति बनेको छ। यसबाट तीन राशिका मानिस लाभ्वान्नित हुने देखिन्छ। कुन-कुन राशि ?

मकर राशि

आकस्मिक धन लाभ प्राप्त हुने प्रबल सम्भावना रहेको छ। व्यापार-व्यवसायमा अनेक तरिकाबाट लाभ मिल्ने देखिन्छ, जसको कारण तपाईंको आर्थिक पक्ष निकै मजबूत रहनेछ। तपाईंले यस समयमा बचत पनि गर्न सफल हुनुहुनेछ। कतै रोकिएको धन तथा पैसा पनि फिर्ता हुनसक्छ।

मेष राशि

यो समयमा तपाईंको हरेक मनोकामना पूरा हुनेछ। जीवनमा सुख-समृद्धि वृद्धि हुनेछ। कार्यक्षेत्रमा विशेष लाभ मिल्ने पूरा सम्भावना रहेको छ। आयका स्रोत बढ्ने देखिन्छ भने धन लाभ मिल्ने योग पनि रहेको छ।

वृष राशि

यो समय वृष राशिका मानिसलाई अनुकूल रहनेछ। भाग्यको पूरा साथ मिल्दा हरेक काम सफल हुनेछ। लाभदायक यात्राको योग पनि बनिरहेको देख्न सकिन्छ। शिक्षा क्षेत्रमा रहेका मानिसका लागि पनि यो समय निकै शुभ रहनेछ।

प्रकाशित : आइतबार, माघ ०८, २०७९१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजदेखि आउँदो ९ दिन भुलेर पनि गर्नु हुँदैन यस्ता गल्ती, माता दुर्गाले दिन सक्छिन कष्टकर समय !