आजदेखि आउँदो ९ दिन भुलेर पनि गर्नु हुँदैन यस्ता गल्ती, माता दुर्गाले दिन सक्छिन कष्टकर समय !

गुप्त नवारात्रिमा १० महाविद्या (माता काली, तारा देवी, त्रिपुरा सुन्दरी, भुवनेश्वरी, माता छिन्नमस्ता, त्रिपुरा भैरवी, माता ध्रुमावती, माता बंगलामुखी, मातांगी र कमला देवी) को पूजा-आराधाना गरिन्छ। यो साधना गुप्त रूपमा नै गर्ने गरिन्छ। यस समयमा गरिएको साधना एक व्यक्तिले अर्को व्यक्तिलाई खुलासा गर्यो भने उक्त साधनाबाट मिल्ने फल नष्ट हुने विश्वास रहेको छ। माघ गुप्त नवारात्रि माघ ८ गते आइतबार अर्थात् आजबाट सुरु भएको छ। यसको सुरुवात सिद्ध योगमा भएको छ। यस्तोमा आउँदो ९ दिन केही गल्ती भुलेर पनि गर्नु हुँदैन। जान्नुहोस् यसबारे…

गर्नु हुँदैन तामसिक भोजन

गुप्त नवारात्रिको समयमा तामसिक चीजको सेवन गर्नु हुँदैन। लसुन, प्याज, मासु जस्ता चीज यस समयमा खानु हुँदैन। यसो गर्नाले पूजाको कुनै फल पनि प्राप्त हुँदैन। यसका साथै ब्रह्मचर्याको पालना गर्नुपर्छ।

कपाल-दार्ही काट्नु हुँदैन

गुप्त नवारात्रिको समयमा कपाल तथा दार्ही काट्नु हुँदैन। यसका साथै यो समयमा मुण्डन पनि गर्नु हुँदैन। यसो गर्दा माता दुर्गा रुष्ट हुने विश्वास रहेको छ।

मासु तथा म-दि’राको सेवन गर्नु हुँदैन

यस अवधिमा मासु तथा म-दि’राको सेवन गर्नु हुँदैन। साथै यो समयमा पूर्ण रूपमा सात्विक भोजन गर्नुपर्छ। अन्यथा माता दुर्गा रुष्ट हुने जनविश्वास रहेको छ।

छालाको चीज गर्नु हुँदैन प्रयोग

नवारात्रिको समयमा छालाबाट बनेको चीजबाट टाढा नै रहनुपर्छ। छालाको पर्स, बेल्ट र यस्ता केही सामानबाट दूर रहनु नै राम्रो हुनेछ। यसका साथै छालाबाट बनेको कुनै प्रकारको चीज यो समयमा किन्नु पनि हुँदैन।

प्रकाशित : आइतबार, माघ ०८, २०७९१५:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२० वर्षपछि बन्दैछन् ४ राजयोग, भाग्य चम्किनुका साथै यी ३ राशिले पाउनेछन् अथाह धन लाभ !