काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
साताको राशिफल : – पुस ३० देखि माघ ६ गतेसम्म
ज्योतिषाचार्य दामोदरनाथ लोहनी
साताका चाड : – ३० गते अष्टमी व्रत । १ गते मकर सङ्क्रान्ति, उत्तरायण सुरु, माघी पर्व, (घिउचाकु सल्लु) । २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस । ४ गते षट्तिला एकादशी व्रत । ५ गते प्रदोष व्रत । ६ गते लै चह्रे पूजा।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
साताको उत्तराद्र्धभन्दा पूर्वाद्र्ध राम्रो छ । गर्नुपर्ने काम सुरुमा नै गरिहाल्नुहोस् । मङ्गलबार काम बने पनि परिश्रम बढी पर्नेछ । व्यावसायिक काममा सोचेभन्दा कम मात्रै लाभ देखिन्छ । काम गर्ने उत्साह भने कत्ति पनि घट्ने छैन । परिवारको चिन्ता अझैँ कायम रहला ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
समस्याको थुप्रो घटेर गइरहेको छ । यो साता पूरा नभए पनि आंशिक रूपमा काम बन्ने छन् । शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ । मनमा डर भने लागिरहला । बाधा दिने तत्वलाई परास्त गर्न गणेशको सेवा गरिरहनुहोस् । व्यावसायिक काममा मध्यम प्रगति देखा पर्छ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यो साता स्वास्थ्यसम्बन्धी समस्या परेर निकै खर्च गर्नुपर्नेछ । घाउखटिरा र चोटपटक लाग्ने सम्भावनासमेत देखा पर्छ । मङ्गलबार बेलुकीदेखि मात्र केही सुधार आउला । व्यापारको निमित्त बाहिरी यात्रा गर्नुपर्ने सम्भावना छ । शिक्षा क्षेत्रमा निराशा छैन।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
घुमफिर बढी गरिने साता छ । धार्मिक यात्रासमेत हुन सक्छ । पारिवारिक सुख भने त्यति देखिन्न । पढाइमा राम्रो प्रगति भए पनि लेखाइमा खास गति छैन । परिवारको स्वास्थ्यले चिन्ता गराइरहला । भागवतीको आराधनाले मात्र त्यसलाई निराकरण गर्न सकिनेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
पहिलेको भन्दा निकै सप्रिएको समय छ । यो साता मुद्दामामिला वा वादविवादमा तपाईंको जित नै हुने देखिन्छ । स्वास्थ्यको स्थिति मध्यम खालको रहला । खर्च नघटे पनि आंशिक रूपमा गरिएको आर्जनले व्यवहार धान्न सकिनेछ । व्यापारमा हानि छैन ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सुरुको दिनमा रमाइलो र मनोरञ्जन बढी गरिएला । भोजभतेरकै लागि निकै खर्च गरिनेछ । पढाइमा क्रमशः प्रगति हुँदै आएको छ । परिवार एवं मित्रबाट राम्रै सहयोग पाउनु हुनेछ । व्यापार, व्यवसायको काममा हानि हुने छैन । जागिरदारका लागि समय खराब देखिन्न ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
यो साता मानप्रतिष्ठा त बढ्ने छैन तर केही न केही आर्थिक लाभ भने गरी नै रहनुहुनेछ । प्राविधिक खाले कामबाट राम्रो आर्जन गरिएला । मित्रको सहयोग पनि गतिलैसित मिल्नेछ । पढाइमा कम र लेखाइमा बढी समय जाला । हाललाई लामो यात्राको सम्भावना देखिन्न ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
खर्च गरेअनुसारको आर्जन यो साता गर्न सक्नुहुनेछ । व्यावसायिक कामले राम्रो फल देला । लेखाइको क्षेत्रमा बढी समय जानेछ । नयाँ किसिमको रचनासमेत तयार हुनसक्छ । धार्मिक भावना बढी नै रहेको छ । प्रेम वा विवाहको सन्दर्भ पनि सकारात्मक पक्षमा जानेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
यो साता जागिरबाट त्यति ठूलो लाभ हुने छैन । व्यावसायिक कामबाट भने मझौला खाले आर्जन गर्न सक्नुहुनेछ । पढाइमा क्रमिक रूपमा गति आउन थालेको छ । गोडामा केही अप्ठ्यारो हुनसक्छ । हरेक दिन पीपलमा जल दान गर्नुहोस् । जागिरमा केही समस्या थपिन सक्छ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
यो साता मनमा डर लागिरहला तर बिग्रने समय छैन । परिश्रम भने बढी नै पर्नेछ । जागिरबाट भन्दा व्यावसायिक कामबाट बढी लाभ होला । परिवारले राम्रो मद्दत दिने छन् । वैवाहिक कुरा पनि एउटा टुङ्गोमा पुग्लाजस्तो छ । शनिको सेवा भने गरिरहनुहोस् ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
यो साताको सोमबारसम्म राम्रो छैन । खर्च बढी भएर पनि काम बन्ने छैन । मङ्गलबार बेलुकीदेखि स्थितिमा सुधार आउनेछ । असल काम गर्ने इच्छा भएर पनि बाधा आइरहनेछन् । व्यावसायिक लाभलाई सपार्न विष्णु सहस्रनामको नित्य पाठ गर्नुहोस् ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
राम्रो समय आएको छ । यो साता अलि अलि समस्या परे पनि त्यसलाई टार्न सक्ने क्षमता छ । पढाइ एवं लेखाई दुवैतिर समान प्रगति हुनेछ । आर्थिक स्थिति खराब छैन । व्यावसायिक क्षेत्रमा भएको शून्यता हराउँदै जाला र लाभको स्थिति क्रमिक रूपमा बढ्नेछ ।