भोलि माघ १ गतेको राशिफल : संक्रान्तिको दिन १२ राशिका दिन शुभ-अशुभ कस्तो रहला ?

पञ्चाङ्ग : – 
दिन : आइतवार ।।। नक्षत्र : चित्रा , १४:४७ बजे उप्रान्त स्वाती ।।। तिथि : अष्टमी , १४:२९ बजे उप्रान्त नवमी  ।।। करण : कौलव १४:२९ बजेदेखि तैतिल , २६:१६ बजे उप्रान्त भद्रा ।।। योग : सुकर्मा ८:१५ बजेदेखि धृति , ३०:४१ बजे उप्रान्त गण्ड ।।। माघ ०१, २०७९, आइतवार ।।।
15 January, 2023 ।।। अष्टमी, माघ कृष्णपक्ष ।।। पोहेलागा, ११४३ ने.सं. ।।। सूर्योदय(sunrise) : – ६:५८ सूर्यास्त(sunset) : – १७:२९ ।।। कार्यक्रमहरू : – माघे संक्रान्ति (घ्यःचाकु सल्हु),  माघीपर्व,  उत्तरायण आरम्भ,  देवघाटमा मकरस्नान,  राष्ट्रिय योग दिवस ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आर्थिक तथा व्यवसायिक कार्यमा लाभ मिल्नेछ।  शारीरिक तथा  मानसिक स्वास्थ्य अनुकुल रहेको छ।  परिवारका साथमा सुखमय दिन व्यतित हुनेछ।  ब्यापारमा सफलता मिल्नेछ।  नया कार्य हातलागी भएर जानेछ। आर्थिक लाभ हुने सम्भावना रहेको छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बोलीको प्रभावकारिता बढेर जानेछ।  बौद्धिक कार्य तथा बादविवादमा सफलता मिल्नेछ। साहित्य लेखन कार्यमा रुचि बढ्नेछ।  बिद्यार्थीवर्गका लागि समय अनुकुल रहेको छ।  परिश्रम गरे अनुरुपको कार्यमा सफलता मिल्नेछ।  पेटसंग सम्बन्धित समस्याले सताउने छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

यस दिन सकेसम्म महत्वपुर्ण निर्णय नलिदा नै राम्रो हुनेछ।  पारिवारिक चिन्ताले मनमा बेचैनको स्थिति सिर्जना हुन सक्छ। स्वास्थ्य सामान्य रहने छ। सकेसम्म यात्रामा नानिस्कादा नै राम्रो हुनेछ।  जग्गा जमिन एवम अन्य आर्थिक कारोवारमा बिशेष सावधानी रहनु पर्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

नया कार्यको थालनी गर्ने शुभ समय रहेको छ।  परिश्रम गरे अनुरुप कार्यमा सफलता मिल्नेछ। परिवार तथा इष्टमित्रका साथमा दिन रोमान्चककारी बित्नेछ।  आर्थिक लाभको सम्भावना रहेको छ।  समाजमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  दाम्पत्यजीवन सुखमय बित्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

पारिवारिक वातावरणमा  खुसियाली छाउने छ।  निर्धारित समयमा नै कार्य सम्पादन भएर जानेछ।  शुभ समाचार सुन्ने सु अवसर मिल्नेछ।  स्वादिष्ट भोजनको अनुभूति हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग प्रसस्त मिल्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायका दृष्टिकोणले  दिन लाभदायक रहेको छ।  स्वास्थ्य अनुकुल रहेको छ।परिवार तथा इष्टमित्रका साथमा दिन सुखमय बित्ने छ।  अचानक धन लाभ हुने योग रहेको छ।  यात्राको सम्भावना रहेको छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

बाणी तथा व्यवहारमा संयम रहनु पर्ने छ।  अनावश्यक रुपमा पारिवारिक झैँ झमेलाको सामना गर्नु पर्ला सावधान रहनुहोस। आम्दानीको तुलनामा खर्चको मात्रा बढेर जानेछ।  सामाजिक कार्यमा मन जानेछ।  स्वास्थ्यमा बिशेष ध्यान दिनु पर्ने छ।  इश्वरको नाम स्मरण गर्नाले हरेक समस्या समाधान भएर जानेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

पारिवारिक वातावरणमा खुसियाली छाउनेछ। सन्तान सुखानुभूति मिल्नेछ।  मांगलिक कार्य हुने सम्भावना रहेको छ।  नोकरी व्यवसायमा लाभ हुनेछ।  आर्थिक लाभ हुने सम्भावना रहेको छ। कार्यमा  उच्च पदाधिकारीको साथ प्रसस्त मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आर्थिक एवम व्यवसायिक कार्यमा सफलता मिल्ने छ।  नोकरीमा पदोन्नति हुने सम्भावना रहेको छ।  सामाजिक क्षेत्रमा मान सम्मान मिल्नेछ।  पारिवारिक वातावरण सुखमय रहने छ।  स्वास्थ्य अनुकुल रहेको छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

बौद्धिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  व्यापार व्यवसायमा सफलता मिल्नेछ।  साहित्य लेखन कार्यमा सिर्जनात्मकता देखाउने उत्तम समय रहेको छ।  शारीरिक असवास्थताको शिकार भइने छ।  सन्तान सुख मिल्ने छैन।  प्रतिस्पर्धात्मक कार्यमा सकेसम्म सहभागी नहुदा नै हितकर हुने देखिन्छ। समग्रमा मकर राशी हुनेहरुका लागि  दिन मिश्रित फलदायी रहेको छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

खर्चको मात्रा बढेर जानेछ। परिवारमा अनावश्यक झैँ झमेला हुन सक्नेछ। स्वास्थ्यमा खराबी आउन सक्नेछ। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बोल्दा बिशेष पुर्याउनु पर्नेछ।  इष्टदेवको पुजा अर्चना गर्नाले लाभ हुने देखिन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

व्यापार व्यवसायमा लाभ हुनेछ। दाम्पत्यजीवनमा निकटताको अनुभूति हुनेछ।  प्रियजन संगको भेटघाटले मन प्रफुल्लित हुनेछ।  सार्वजनिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। समग्रमा तपाईको दिन सुखमय नै बित्ने देखिन्छ।

प्रकाशित : शनिबार, पुष ३०, २०७९१९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज माघ १ गतेको राशिफल : संक्रान्तिमा यी राशिलाई हुनेछ प्रचुर लाभ, चारैतिरबाट हुनेछ धनलाभ