काठमाडौँ : नेपाली स्टार्सले कुनै एउटा प्रोजेक्टको लागि लाखौँ रुपैयाँ रकम लिन्छन्। यी सेलिब्रेटीको नेटवर्थ करोडमा हुन्छ। तर के तपाईलाई थाहा छ ग्रामी अवार्ड विनर टेलर स्विफ्टको बिरालो ओलिविया बेनसनको नेटवर्थ थुप्रै नेपाली सुपरस्टारहरुभन्दा बढी छ।
टेलर स्विफ्टको बिरालो विश्वकै धनी घरपालुवा जनावरको सूचीमा परेको छ। अल अबाउट क्याट्स डट कमले यो बिरालोलाई संसारको तेस्रो धनी घरपालुवा जनावर घोषित गरेको छ। ओलिभिया सन् २०१४ देखि टेलर स्विफ्टसँग छिन्।
ओलिभिया बेन्सनको सम्पत्ति ९७ मिलियन डलर अर्थात् करिब १२०० करोड रुपैयाँ छ। ओलिभियाको आफ्नै इन्स्टाग्राम अकाउन्ट छ। ओलिभियाले टेलरसँग व्यावसायिक काम पनि गरिसकेकी छिन्। उनी धेरै म्युजिक भिडियो र विज्ञापनमा देखिएकी छिन् ।
यति मात्र हैन, टेलर स्विफ्टको बिरालोको आफ्नै मर्चेन्डाइज लाइन पनि छ। ओलिभियाले सामाजिक सञ्जालमा निकै चर्चा कमाएकी छिन्। ओलिभिया बाहेक टेलर स्विफ्टसँग दुई अन्य बिरालाहरू पनि छन्, मेरिडिथ ग्रे र बेन्जामिन बटन।