अभिनेत्री पूजाको मुहारको मुस्कान बनेका प्रेमीलाई यसरी दिइन् जन्मदिनको शुभकामना !

विगत १ वर्ष देखि अभिनेत्री पूजा शर्मा व्यक्तिगत तथा व्यावसायिक जीवन दुवैको कारण चर्चामा हुने गरेकी छिन्। केही समय पहिलेसम्म अभिनेत्री पूजा शर्मा र नायक पल शाह प्रेम सबन्धमा छन् भनेर मानिसहरू अनुमान लगाउने गर्थे तर फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजपछि अभिनेत्रीले उनको प्रेमीसंग सामाजिक सञ्जालमा खुलेर देखिन थालेकी छिन्।

     

अभिनेत्री पूजाले आज परेको प्रेमी युद्धको जन्मदिनमा सामाजिक सञ्जालमार्फत आफ्नो मनको भाव व्यक्त गर्दै जन्मदिनको शुभ कामना दिएकी छिन्।  उनले इन्स्टाग्राम तथा फेसबुकमा युद्धसँगको केही तस्बिर राख्दै आफूले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो उपहार प्रेमी युद्ध भएको बताएकी छन्।

अभिनेत्री आफू सहित प्रेमी युद्धको तस्बिर राख्दै लेख्छिन् ‘जन्मदिनको शुभकामना, तिमी मेरो सबैभन्दा राम्रो उपहार हौ जुन भगवानले मलाई दिनुभएको छ म तिमीलाई सधैँभरि माया गर्छु, तिमि मेरो जीवनमा आयौ जब म पुरै टुटेको थिए तिमि नै मेरो मुहारको मुस्कान मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुसीको कारण हौ’ उनको यो पोस्टमा कमेन्ट गर्दै युद्धलाई ‘ज्वाईसाब’ भन्दै नायिका श्वेता खड्काले पनि अभिनेत्रीको प्रेमीलाई जन्मदिनको शुभकामना दिएकी छन्।

अभिनेत्रीले प्रेमीलाई सामाजिक सञ्जालबाट टाढै राखेकी छिन्। र पछिल्लो समय अभिनेत्री पनि सामाजिक सञ्जालमा खासै सक्रिय छैनन्। केही समय पहिले अभिनेत्रीको असामाजिक सञ्जालमा आलोचना मात्र भएको भन्दै सामाजिक सञ्जालहरुमा पूर्ण रुपमा निष्क्रिय थिइन्।

प्रकाशित : आइतबार, पुष २४, २०७९१३:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आलिया र रणबीर सार्वजनिक गरे छोरी राहाको पहिलो तस्बिर, मिडियासँग गरे यस्तो अनुरोध!